• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद

एनभिएलको विजेताले २० लाख पाउने

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१७ भाद्र २०८३, बुधबार
A A
एनभिएलको विजेताले २० लाख पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

आयोजक केडिया ग्रुपले बुधबार पत्रकार सम्मेलन गर्दै लिगको पहिलो संस्करणको विजेताका लागि २० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको हो। कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ। प्रतियोगिताका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन। कुल ३२ लाख रुपैयाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पनि पुरस्कार पाउनेछन्। साथै, कुल १७ खेलका लागि ‘प्लेयर अफ दी म्याच’ प्रदान गरिने आयोजकले जनाएको छ।

एनभिएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ। बुधबारकै पत्रकार सम्मेलनमार्फत एनभिएलको गीत र मस्कटका रूपमा डाँफे सार्वजनिक गरिएको थियो।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले लामो समयदेखि प्रतीक्षा गरिएको पुरुष फ्रेन्चाइज भलिबल लिग विश्वस्तरीय खेलाडीको सहभागितासहित सुरु हुनु नेपाली भलिबलका लागि सुखद पक्ष भएको बताउनुभयो। विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीको स्तर उकास्न सहयोग पुग्ने र ठूलो पुरस्कार राशिले भलिबललाई थप व्यावसायिक बनाउन योगदान गर्ने उहाँको भनाइ थियो।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण आम्दानी बाढीपीडितलाई सहयोगस्वरूप प्रदान गरिनेछ। जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिने पनि आयोजकले जनाएको छ।

शुक्रबारदेखि सुरु हुने लिगमा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। फाइनल र प्लेअफसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन्।

पहिलो दिन भदौ १९ गते मधेश वारियर्स र सगरमाथा स्म्यासर्स तथा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच खेल हुनेछ। गत साउन १० गते घरेलु खेलाडीका लागि अक्सन भएको थियो। उक्त अक्सनबाट हरेक टोलीले सात जना खेलाडी अनुबन्ध गरेका थिए। ६ वटा फ्रेन्चाइज टोलीमा एक मार्कीसहित समान तीन विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट एक जना गरी कुल १२ खेलाडी छन्।

सगरमाथा स्म्यासर्सका मार्की खेलाडी हरिहजुर थापा र प्रशिक्षकमा उत्सव खड्का, मधेश वारियर्सका मार्की रविन नगरकोटी र प्रशिक्षकमा भरत यादव, काठमाडौं रेड्सका मार्की खेलाडी सुनिल बोहरा र प्रशिक्षकमा निपबहादुर विक, अन्नपूर्ण स्पाइकर किङ्सका मार्की हिमाल सुनारी र प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजका मार्की पहल गहतराज र प्रशिक्षकमा चन्द्रबहादुर कुँवर तथा खप्तड फाल्कन्सका मार्की धिरोज बस्नेत र प्रशिक्षकमा रूपेशकुमार बिष्ट रहेका छन्।

Previous Post

विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा

Next Post

विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In