• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

बाढीपछि नागरिकको उद्धार र व्यवस्थपानमा सरकार चुकेकै होः काँग्रेस प्रमुख सचेतक थापा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
भोलिदेखि संसद बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रश्ताव पारित गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताएकी छन् ।

बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरे पनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताएकी हुन् । उहाँले विपद्पछिको उद्धारमा राज्यले मित्रराष्ट्रहरूसँगको सहयोग समयमा नै लिन नसक्दा थप समस्या भएको बताएकी छन् । जलविद्युत् आयोजनाको टनेलभित्र मानिस अझै उद्धार गर्न नसकिएको उहाँको भनाइ छ । टनेल निर्माणका क्रममा तयार भएका नक्सा र प्राविधिक विवरण सम्बन्धित निकायसँग भए पनि उद्धार टोली कतिपय टनेलको वरिपरिसम्म पुग्न नसकेको उहाँले बताएकी छन् ।

सरकारले टनेलभित्रका मानिसको उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उहाँले आरोप लगाएकी छन् । टनेल बाहिर भएका साइड–साइडका मानिसहरूलाई उद्धार गरे पनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उहाँले बताएकी छन् । त्रिशूली–३ ए आयोजनाको टनेलभित्र अझै मानिस जीवित हुनसक्ने भन्दै उहाँले उद्धारको प्रयास जारी राख्नुपर्ने बताएकी छन् । उहाँले विपद्का बेला विदेशी सहयोग लिन गाह्रो मान्न नहुनेमा पनि जोड दिएकी छन् ।

सरकारले नागरिकको उद्धारका लागि स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्न नसकेको पनि उहाँले आरोप लगाएकी छन् । उहाँले सरकारले स्थानीय तहलाई तुईन व्यवस्थापन तथा आवश्यक उद्धार गर्न पनि नदिएको आरोप लगाएकी छन् ।

उहाँले भन्नुभयो, ‘एकदमै इमर्जेन्सीमा आएको बाढीका बेला राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, दुई दिनभित्र त्यति ग¥यौँ । त्यसका लागि खासै कुनै कम्प्लेन पनि छैन । त्योभन्दा बढी गर्न सक्ने अवस्था पनि थिएन, सीमित स्रोत–साधनका बीच ती दुई दिनमा हामीले गर्न सक्ने काम ग¥यौँ । तर दुई दिनपछि हामी धेरै हदसम्म सम्हालिइसकेका थियौँ र हतोत्साहित अवस्थाबाट पनि बाहिर आइसकेका थियौँ । त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपथ्र्यो, तर हामी त्यसमा चुकेका छौँ । चुकेकोलाई चुकेको भन्नैपर्छ । बाहिर मिडियामा होस् वा यहाँ अगाडि, हामीले त्यो कुरा स्पष्ट रूपमा भन्नुपर्छ, हामी चुकेकै हौँ । किनभने ती टनेलहरू निर्माण नक्साहरू हामीसँग पनि थिए होलान् । तर प्राविधिक टोलीहरू तत्कालै टनेलको वरिपरि पनि पुग्न सकेनन् । बाहिर के भ्रम फैलाइएको थियो भने धेरै टनेलबाट यति जना मानिस निकालियो, उति जना मानिस निकालियो भन्ने । तर अहिलेसम्म कुनै पनि टनेलभित्र पसेको मानिस निकालिएको छैन । यहाँ उपस्थित माननीयज्यूहरू र मिडियाका साथीहरूमध्ये कसैले भनिदिनुस्, कुन टनेलभित्र मानिसहरू पुगेर उद्धार गरिएको हो ? टनेल बाहिर, साइड–साइडमा भएका मानिसहरूलाई हामीले उद्धार गरेका हौँ, त्यो ठीक हो । तर हामीले कुनै पनि टनेल खोल्न सकेका छैनौँ र अहिलेसम्म कुनै टनेलभित्र पनि मानिस पुग्न सकेको छैन । अहिले त्रिशूली–३ ए को कुरामा पनि हाम्रो दैलेखका पाँच जनामध्ये दुई जना त्यहाँभित्र हुनुहुन्छ भन्ने आशङ्का छ । त्रिशूली–३ ए भित्र अझै पनि उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा हामीले राखेका छौँ । किनभने विद्युत् प्राधिकरणका कर्मचारीहरूले त्यहाँ सुरक्षित रूपमा बस्न सकिने ठाउँ रहेको बताइरहनुभएको छ । हामी त्यही आशमा बसिरहेका छौँ कि त्यहाँ जति जना हुनुहुन्छ, उहाँहरू सुरक्षित हुनुहुन्छ होला । तर आजसम्म पनि हामी त्यहाँसम्म पुग्न र खोल्न सकिरहेका छैनौँ । किनभने दुई दिन अगाडि नै हामीलाई सहायता चाहिँदैन, विदेशी सहायता चाहिँदैन भनेर एउटा किसिमको धारणा बनाइयो । तर हिजो प्रधानमन्त्रीज्यू आएर प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै हामीलाई झुटो बोल्नुभयो । उहाँले हिजो हामीले विदेशी सहायता लिन्नौँ भनेका छैनौँ भन्नुभयो ।’

उहाँले राहत पर्याप्त भए पनि वितरणमा समस्या देखिएको बताएकी छन् । कतिपय स्थानमा पूर्वाधार अभावका कारण नै राहत पुग्न नसकेको उहाँको भनाइ छ । उहाँले प्रभावित क्षेत्रमा विद्युत् तत्काल सुचारु गर्न आवश्यक रहेको पनि बताएकी छन् ।

Previous Post

रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण जारी (तस्बिरसहित)

Next Post

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In