• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढी र विपद् व्यवस्थापनबारे परराष्ट्र मन्त्रालयद्वारा पछिल्लो अवस्था सार्वजनिकः खोज, उद्धार र राहत कार्य जारी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
सुरुङमा भएको उद्धारको यकिन विवरण संकलन भइरहेको छः परराष्ट्र मन्त्रालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका सम्बन्धमा पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीवार आयोजित नियमित प्रेस ब्रीफिङमार्फत विपद् व्यवस्थापनका नौवटा विभिन्न क्षेत्रमा भइरहेका कार्यहरूबारे जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार २५२ जनाको शव निकालिएको छ भने करिब ४ हजार २ सय जना अझै बेपत्ता छन् । उद्धार गरिएका ११ हजार ९९३ जनामध्ये ३ सयभन्दा बढी विदेशी नागरिक रहेका छन् । बेपत्ता हुनेहरूमा ३४ देशका ५९० विदेशी नागरिक रहेको प्रारम्भिक तथ्यांक छ । सरकारले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत तथ्यांक अद्यावधिक गरिरहेको छ ।

बेपत्ता विदेशी नागरिकका परिवार र कूटनीतिक नियोगहरूसँग समन्वय गर्न मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ क्रियाशील रहेको छ । उक्त कक्षमा दैनिक करिब २ सय सोधपुछ आउने गरेको र बिहान ७ बजेदेखि राति १० बजेसम्म हटलाइन सेवा सञ्चालनमा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् ।

विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीहरू परिचालन गरिएका छन् । हाल ९ हजार ३ सयभन्दा बढी नेपाली सेनाका जवानहरू रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म खटिएका छन् ।

चिलिमे र लाङटाङमा भारतीय टोली, माथिल्लो त्रिशूली–३ ए मा चिनियाँ टोली र माथिल्लो त्रिशूली–१ मा कोरियाली टोलीले नेपाली उद्धारकर्मीसँग मिलेर काम गरिरहेका छन् । लाङटाङतर्फ सुरुङको माथिल्लो भागबाट सानो प्वाल पारेर खोजी कार्य अघि बढाइएको छ भने हाकु क्षेत्रमा पनि पुनः प्रवेश गरी खोजी सुरु गरिएको छ ।

मृतकको पहिचानका लागि भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक विशेषज्ञ तथा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोलीहरू खटिएका छन् । हालसम्म १९ भारतीय, ५ चिनियाँ र सिंगापुरका १९ विशेषज्ञहरूले डीएनए संकलन र विश्लेषण कार्य सुरु गरिसकेका छन् । मन्त्रालयले बेपत्ताका आफन्तहरूलाई डीएनए परीक्षणका लागि महाराजगञ्जस्थित प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

नेपालले बाढीपछिको जटिल परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडर, बेली ब्रिज, डीएनए परीक्षण किट र मोबाइल एयर ट्राफिक कन्ट्रोल सिस्टमजस्ता उपकरणहरूको माग गरेको छ । भारत, चीन, अमेरिका, बेलायत, जापानलगायत विभिन्न मित्रराष्ट्र तथा संयुक्त राष्ट्रसंघ, एसियाली विकास बैंकजस्ता दातृ निकायहरूले प्रदान गरेको सहयोगप्रति नेपालले आभार व्यक्त गरेको छ ।

प्रवक्ता क्षेत्रीले यो विपद्लाई हिमालयी क्षेत्रको संवेदनशीलता र जलवायु परिवर्तनको गम्भीर असरका रूपमा चित्रण गरेका छन् । नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको मारमा बढी परेको उल्लेख गर्दै मन्त्रालयले ‘लस एण्ड ड्यामेज फन्ड’बाट तत्काल सहयोगका लागि पत्राचार गरिसकेको जनाएको छ । प्रारम्भिक अनुमानमा घर, सडक, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको देखिएकाले पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गरिने मन्त्रालयको भनाइ छ ।

चीनको केरुङमा रहेका करिब १ हजार ४ सय नेपालीमध्ये ११४ जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेका छन् । चिनियाँ पक्षको समन्वयमा उनीहरूलाई फर्काउने प्रक्रिया जारी छ । यद्यपि, केरुङ क्षेत्रबाट बाढी आएको दिनदेखि करिब १ सय नेपाली अझै बेपत्ता रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

Previous Post

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै

Next Post

विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय, ७२ घण्टाभित्र राहत वितरण गर्न आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In