काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेता गगन थापाबीच आज दिउँसो भेटवार्ता भएको छ। दिउँसो १२ः३० बजे भएको भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान तथा पार्टी एकताका विषयमा विस्तृत छलफल भएको छ।
भेटमा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न समेत तयार रहेको उनको भनाइ थियो।
जवाफमा नेता थापाले आफू पनि पार्टी एकताको पक्षमा दृढ रहेको बताएका छन्।
भेटवार्ताका क्रममा गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे पनि गम्भीर छलफल भएको छ। नेताद्वयले बाढी प्रभावितको जनजीवन, राहत तथा उद्धारको अवस्थाप्रति चासो व्यक्त गरेका छन्।
