• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

संसदमा मुलुकको जनसांख्यिक विविधता प्रतिबिम्बित हुन सकेन, पैसा हुनेले मात्र निर्वाचन लड्ने अवस्था आयोः अन्सारी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भाद्र २०८३, आईतवार
A A
संसदमा मुलुकको जनसांख्यिक विविधता प्रतिबिम्बित हुन सकेन, पैसा हुनेले मात्र निर्वाचन लड्ने अवस्था आयोः अन्सारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा अभियन्ता मोहना अन्सारी वर्तमान सरकार र संसदमा मुलुकको जनसांख्यिक विविधता प्रतिबिम्बित हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।  उहाँले मुलुककै इतिहासमा पहिलोपटक मधेसी मूलका व्यक्ति प्रधानमन्त्री बनेको विषय सकारात्मक भएपनि सरकार समावेशी हुन नसकेको टिप्पणी गर्नुभयो । संसदमा समेत आर्थिक पहुँच भएका व्यक्तिहरूको प्रतिनिधित्व बढी रहेको उहाँको भनाइ छ । उहाँले अब आम नागरिकले, जोसँग पैसा छैन उसले चुनाव नै लड्न नपाउने अवस्था आएको हो ? भन्ने प्रश्न खडा भएको बताउनु भयो । उहाँले फरक प्रसंगमा बोल्दै पछिल्लो ३० वर्षदेखि मुलुकमा मानव अधिकारको अवस्था अनुकूल नरहेको समेत बताउनु भयो । उहाँले पछिल्लो समय मुलुकमा दण्डहीनता बढ्दै गएको बताउनु भयो । गत वर्ष भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको घटनामा संलग्नलाई जवाफदेही बनाउन नसकिएकोप्रति उहाँको आपत्ति छ । उहाँले सरकार स्वयंले नै भदौ २३ र २४ गतेका घटनामा संलग्नमाथि अनुसन्धान हुन नदिइएको आरोप लगाउनु भयो । उहाँले वर्तमान युवा नेतृत्वमाथि नागरिकको अथाह विश्वास र अपेक्षा भएपनि उनीहरुले समेत फोहोरी राजनीतिक खेलमा लागेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको सरकारमा म अहिलेको नेपालको जुन पपुलेशनको फिचर छ नि त्यो चाँही देख्दिनँ । अहिले नेपालको इतिहासमा पहिलो पटक मधेसी मूलको मान्छे पिएम हुनुभएको छ, एप्रिसियट गर्नेकुरा एउटा छ । फिमेनको पोपुलेसन अलिक धेरै छ । तर इन्क्लुसिभ छैन । पार्लियामेन्टको अवस्था पनि त्यस्तै छ । जोसँग पैसा छ उ चाँही पार्लियामेन्टरियन भएको छ । के आम नेपाली जोसँग पैसा छैन उसले अब चुनाव लड्न पाउँदैन ? यो एउटा गम्भीर प्रश्नको रुपमा खडा भएको छ ।  पछिल्लो समय मुलुकमा मानव अधिकारको अवस्था त्यति इनाबलिङ भएको मैले देखिनँ । एक त हामीले गत वर्षको भदौ २३ र २४ को घटनालाई निकै ओभरलुक गर्यौँ । पछिल्लो ३० वर्षको रेकर्ड हेर्ने हो भने नेपालमा दण्डहीनताको अवस्था यति धेरै छ कि जसले जे पनि गर्न पाउँछ । हामीले कसैलाई पनि अकाउन्टेबल नै बनाउन सकेनौँ । नभए हामीले भदौ २३ र २४ गतेको घटनाको लागि अकाउन्टेबल बनाउनुपथ्र्यो । को थियो त्यहाँ ? अदालतले त्यसलाई छोडिदिन्थ्यो त्यो आफ्नो ठाउँमा छ । युथसँग त मान्छेका धेरै अपेक्षा थिए नि । तर युथहरुले पनि डर्टी पोलिटिक्स खेले । ती सबैलाई जेलबाट छुटाउने नै काम गरियो । कसैमाथि अनुसन्धान हुन नै दिएन । आन्दोलनको क्रममा व्यक्तिगत सम्पतीमाथि आगजनी र लुटपाट भए । तर हामीले त्यस कार्यमा संलग्न कसैलाई पनि कानूनको अधिनमा ल्याउन सकेनौँ ।’
आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी र लुटपाट भएपनि संलग्नलाई कानूनको दायरामा ल्याउन वर्तमा सरकारले नचाहेको आरोप पनि लगाउनु भयो ।

Previous Post

कृष्णभीरको समस्या समाधानका लागि सुरुङमार्ग र वैकल्पिक पुलको अध्ययन हुँदैः महानिर्देशक डा. जैसी

Next Post

पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारी साधनको चाप बढ्यो

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In