धनुषा । धनुषाको मिथिला नगरपालिका–२ बाट २०० ग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
नार्कोटिक्स कन्ट्रोल ब्युरोको टोलीले प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
बरामद लागूऔषध र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
