पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् हाउस अफ कमन्सकी उपसभामुख क्यारोलिन नोक्ससँग भेटवार्ता गरेकी छिन्।
बेलायत भ्रमणका क्रममा लण्डनस्थित हाउस अफ कमन्समा भएको भेटमा रानामगरले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावितको अवस्था तथा नेपालले पाउनुपर्ने जलवायु न्याय र क्षतिपूर्तिको विषय उठाएकी थिइन्।
नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै रानामगरले बेलायतका लागि नेपाली गोर्खा सैनिकले पुर्याएको योगदानको स्मरण गरिन्। उनले नेपालको विपत्तिको घडीमा बेलायतको संसद्बाट सहयोगको अपेक्षा गर्दै नेपालको जलवायु न्यायका लागि आवाज उठाइदिन उपसभामुख नोक्सलाई आग्रह गरिन्।
भेटका क्रममा उपसभामुख नोक्सले नेपाल बेलायतको परिवारजस्तै रहेको बताउँदै विपत्तिको यस घडीमा बेलायत नेपालसँगै रहेको प्रतिबद्धता व्यक्त गरिन्।
