• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश बागमती प्रदेश

रसुवा बाढी अपडेटः १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२३ भाद्र २०८३, मंगलवार
A A
रसुवा बाढी अपडेटः १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो ।

२०८३ भदौ २३ गते अपरान्ह १ः०० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको छ । प्राधिकरणकाअनुसार बाढीमा बेपत्ता भइ मृत्यु भएकाहरुको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ । चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ । अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ । सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डिएनए परीक्षणका लागि नमूना दिन प्राधिकरणले अनुरोध गरेको छ ।

बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेका छन् । यसमा रसुवा जिल्लाका मात्र २ हजार ८ सय ६० जना छन् । बेपत्ता हुनेहरूमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारी समेत रहेका छन् । प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।

हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ । घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये विभिन्न अस्पतालमा ३ सय २७ जनाको उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजार ५ सय भन्दा बढी घाइतेको उपचार गरेका छन् । विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ ३ हजार ५ सय ३३ जना आश्रित छन् ।

उद्धार र राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरहरूले १ हजार ४ सय भन्दा बढी पटक उडान भरेका छन् ।

सरकारले राहत वितरण प्रक्रियालाई पनि तिब्रता दिएको छ । रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । यसका अतिरिक्त प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न र गैर–खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ ।

पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६।७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको र ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ । –न्युज एजेन्सी नेपाल

Previous Post

जेनजी आन्दोलन : पुरानो राजनीतिक नेतृत्वमाथि युवाको हस्तक्षेप

Next Post

जेन-जी स्मृति दिवस (तस्बिरहर)

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In