• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जर्मनीको राज्य चुनावमा अति दक्षिणपन्थी दल एएफडीको ऐतिहासिक जित

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२३ भदौ, २०८३
A A
जर्मनीको राज्य चुनावमा अति दक्षिणपन्थी दल एएफडीको ऐतिहासिक जित
0
SHARES
0
VIEWS

काठमाडौं । जर्मनीको स्याक्सनी–अनहाल्ट राज्यमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ऐतिहासिक जित हासिल गरेको छ । सार्वजनिक प्रशारण संस्था एआरडीले सार्वजनिक गरेको एक्जिट पोलअनुसार एएफडीले ४४.४ प्रतिशत मत प्राप्त गर्दै कीर्तिमानी नतिजा निकालेको हो ।

वर्तमान राज्य प्रमुख स्वेन शुल्जेको नेतृत्वमा रहेको क्रिस्टियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले यस निर्वाचनमा ठूलो धक्का व्यहोरेको छ । सन् २०२१ को निर्वाचनमा ३७।१ प्रतिशत मत ल्याएको सीडीयू यसपटक १८.४ प्रतिशतमा खुम्चिएको छ । निर्वाचनमा लेफ्ट पार्टी ९.३ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेको छ भने ग्रीन्स पार्टीले ८.७ प्रतिशत र सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) ले ८.४ प्रतिशत मत प्राप्त गरेका छन् ।

भर्खरै गठन भएको साहरा वागेनक्नेख्त एलायन्स ५ प्रतिशतको संसदीय थ्रेसहोल्ड पार गर्ने सङ्घारमा देखिएको छ । व्यावसायिक घरानासँग निकट मानिने फ्री डेमोक्र्याटिक पार्टी (एफडीपी)  ले भने मात्र २.२ प्रतिशत मत प्राप्त गर्दै राज्य संसदबाट बाहिरिएको छ ।

८३ सदस्यीय राज्य संसदमा एएफडीले ३९ सिट जित्ने प्रक्षेपण गरिएको छ । यो सङ्ख्या एकल सरकार गठनका लागि आवश्यक पूर्ण बहुमतभन्दा तीन सिट मात्र कम हो । एएफडीका ३५ वर्षीय मुख्य उम्मेदवार उल्रिच सिगमन्डले निर्वाचन परिणामलाई जनताको स्पष्ट सन्देश भन्दै स्वागत गरेका छन् ।

यसअघि एकल बहुमतको अवस्थामा मात्र सरकारको नेतृत्व गर्ने अडान राख्दै आएका सिगमन्डले निर्वाचनपछि भने आफ्नो दल गठबन्धनका लागि खुला रहेको संकेत गरेका छन् । यद्यपि, जर्मनीका अन्य मुख्यधारका राजनीतिक दलहरूले एएफडीसँग गठबन्धन नगर्ने अडान दोहो¥याएका छन् । मुख्य दलहरूको यो अडानका कारण नयाँ सरकार गठनको प्रक्रिया र स्वरूप अझै अन्योलमा रहेको छ ।

Previous Post

विपद्मा समुदायको साथ बन्दै प्रवीण बानियाँको सामाजिक यात्रा

Next Post

रसुवा बाढी अपडेटः १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav