• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

उद्योगी–व्यवसायीलाई दोषी देखाउने उद्योगमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार ः महासंघ

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
उद्योगी–व्यवसायीलाई दोषी देखाउने उद्योगमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार ः महासंघ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको बताएको छ ।

महासंघले एक विज्ञप्ति जारी गरी सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा असर पार्ने गरी उद्योगमन्त्री गौरीकुमारी यादवले आपत्तिजनक अभिव्यक्ति दिएको जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकी थिइन् । महासंघले मन्त्री यादवको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको जनाएको छ ।

ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गरी उपभोक्तालाई नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील अवस्थामा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने अभिव्यक्ति अनुचित भएको महासंघको भनाइ छ । भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ग्यास बुलेटको ढुवानी प्रभावित भएको महासंघले जनाएको छ । मन्त्रीको अभिव्यक्तिले विपद्का बेला सरकारसँग सहकार्य गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्तिमा जुटिरहेका निजी क्षेत्रको मनोबल कमजोर पार्ने महासंघको भनाइ छ ।

‘निजी क्षेत्रलाई दोषारोपण गर्नुको सट्टा उद्योग स्थापना र सञ्चालनका अवरोध हटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, लागत घटाउने र उत्पादन तथा रोजगारी विस्तारका लागि आवश्यक सुधार अघि बढाउन सरकार केन्द्रित हुनुपर्दछ’, महासंघले भनेको छ ।

निजी क्षेत्रलाई सार्वजनिक रूपमा लाञ्छित गर्ने अभिव्यक्तिले सरकार र निजी क्षेत्रबीचको विश्वासमा समेत असर पार्न सक्ने महासंघले ठहर गरेको छ । महासंघले मन्त्री यादवले दिएको ग्यास उद्योगको संख्या आवश्यकताभन्दा बढी रहेको, उद्योग खारेज गर्नुपर्ने वा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्ने अभिव्यक्ति पनि यथार्थपरक नभएको दाबी गरेको छ ।

सरकारले उद्योग सञ्चालन गर्ने नभई अभिभावकीय, नियामकीय, सहजकर्ता र समन्वयकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा महासंघले ध्यानाकर्षण गराएको छ । कानून तथा विधेयक निर्माणका क्रममा कर्मचारीतन्त्र र निजी क्षेत्रबीच अनुचित मिलेमतो हुने गरेको भन्ने मन्त्री यादवको अभिव्यक्तिप्रति पनि महासंघले आपत्ति जनाएको छ । नीति, ऐन तथा नियम निर्माणका क्रममा निजी क्षेत्रले दिने सुझाव र सहभागितालाई अनुचित प्रभाव वा मिलेमतोका रूपमा चित्रण गर्न नहुने महासंघको भनाइ छ ।

निजी क्षेत्रलाई दोषारोपण गर्नुको सट्टा उद्योग स्थापना र सञ्चालनका अवरोध हटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, लागत घटाउने तथा उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक सुधार अघि बढाउन सरकार केन्द्रित हुनुपर्ने महासंघले जनाएको छ । सरकार र निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभई आर्थिक विकासका साझेदार भएको उल्लेख गर्दै महासंघले आर्थिक संकटबाट मुलुकलाई बाहिर निकाल्न दोषारोपणभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र टकरावभन्दा संवाद आवश्यक रहेको जनाएको छ ।

‘निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, आर्थिक विकासको साझेदार हो । उद्योगी–व्यवसायीलाई लाञ्छित गरेर होइन, विश्वासमा लिएर मात्र उद्योग, उत्पादन, रोजगारी र अर्थतन्त्रलाई अघि बढाउन सकिन्छ । नेपालको अर्थतन्त्रलाई वर्तमान संकटबाट बाहिर निकाल्नुपर्ने यस संवेदनशील अवस्थामा दोषारोपण होइन सहकार्य, अविश्वास होइन विश्वास र टकराव होइन संवाद आवश्यक छ’, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले निजी क्षेत्रलाई हेर्ने, सोच्ने र बुझ्ने दृष्टिकोण परिवर्तन गर्न सरकारलाई आग्रह गरेको छ । निजी क्षेत्रलाई हेर्ने सोच परिवर्तन नभएसम्म देशको आर्थिक उन्नति, प्रगति र सामाजिक रूपान्तरण हुन नसक्ने महासंघको दाबी छ ।

Previous Post

कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छौँ : सभापति अन्सारी

Next Post

‘फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको विश्वास घट्यो’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In