• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home संसद

बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार बसेको बैठकमा सांसदहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक सुत्केरी महिलाले आर्थिक अभावका कारण अस्पतालबाहिर सुत्केरी हुनुपरेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजविराज नगरपालिका–१४ परसाही टोलकी बबिता पासवानले प्रसव पीडाका क्रममा अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद कर्णका अनुसार अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भने पनि पासवानसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेको जानकारी गराएपछि उपचारमा आनाकानी गरिएको हो । ७ सय रुपैयाँ अपुग भएपछि अस्पतालले उपचार नगरेका कारण अस्पतालको गेटबाहिरै शिशु जन्मिएको कर्णले बताए ।

उनले गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न तथा निम्न आय भएका नागरिकका लागि उपचारको प्रमुख केन्द्र भए पनि आर्थिक अभावकै कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु आपत्तिजनक भएको बताए । उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

उनले भने, ‘गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र हो तर यही अस्पताल आर्थिक अभावका कारण एक गर्भवती महिलाले अस्पतालको गेटबाहिर सडकमै शिशु जन्माउनु परेको हो । यसले हाम्रो स्वास्थ्य प्रणालीमा के कस्ता कमजोरीहरू छन्, स्वास्थ्य प्रणालीका कारणले सप्तरीका गरिब, पीडित, दलित महिलाहरूको अवस्था के कस्तो छ, यसले चित्रण गरेको छ । एउटा महिला पैसाको अभावका कारण अस्पतालबाहिर आफ्ना बच्चा जन्माउनुपरेको छ । हामी स्वास्थ्यमा ठूला–ठूला कुरा गरेर बसिरहेका छौँ ।’

रास्वपाकै सांसद अंकिता ठाकुरले पनि घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै आर्थिक अवस्था कमजोर भएकै कारण बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न माग गरिन् । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले आर्थिक अभावका कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने घटना गम्भीर विषय भएको बताइन् ।

उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘जहाँ पैसाले सास र आस तय गर्छ, त्यहाँ अस्पताल अस्पताल रहँदैन, सौदाबाजीको पसल बन्छ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल, जहाँका गरिब र विपन्न जनताले अस्पताललाई मन्दिर र डाक्टरलाई भगवान् सम्झन्थे । तर मंगलबार राति २ बजे त्यही मन्दिरबाट मानवतालाई सडकमा हुत्याइयो । प्रसव पीडाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर १४ की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन् तर त्यहाँ उपचार होइन, पहिले पैसाको मोलमोलाइ हुन्छ । पैसा छैन भन्दा ती आमाको पीडा कसैले देखेनन् । मध्यराति २ बजे चिसो र धुलाम्य सडकमा उनलाई निकालियो र ती आमाले अस्पतालको गेटबाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनुप¥यो । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ तर राजविराजको सडकमा संविधान रोइरहेको थियो, लोकतन्त्र लजाइरहेको थियो । के पैसा नहुने गरिबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन् ?’

सांसदहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Previous Post

कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरुको माग

Next Post

रास्वपा महामन्त्रीको प्रश्न ः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने कसरी पत्याउने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In