• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home संसद

नेकपा सांसद वयकको प्रश्न – ग्यासको लागी भोकभोकै लाइन कहिलेसम्म बस्नुपर्ने हो सरकार ?

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
नेकपा सांसद वयकको प्रश्न – ग्यासको लागी भोकभोकै लाइन कहिलेसम्म बस्नुपर्ने हो सरकार ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन ग्यास नपाएपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । काठमाडौंलगायत विभिन्न स्थानमा विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउने ग्यास नपाएर सांसदहरूलाई फोनमार्फत सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी र लापरवाहीप्रति प्रश्न उठाउँदै उनले सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरे । पानीमा भिज्दै सिलिन्डर बोकेर ग्यासको लाइनमा बस्नुपर्ने अवस्था कहिलेसम्म रहने भन्ने प्रश्न पनि उनले गरे । उनले जेनजी आन्दोलनका आधारमा बनेको सरकारमाथि पनि नागरिकमा निराशा बढ्दै गएको बताए ।

हिजो ‘बोल्न देऊ सरकार’ भन्दै आन्दोलन गर्नेहरू नै सरकारमा पुगेपछि प्रश्न उठाउनेहरूप्रति खबरदारीको भाषा प्रयोग गर्न थालेको उनको आरोप छ । संविधानले सुनिश्चित गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै व्यक्तिविशेषलाई हेरेर नभई सबै नागरिकका लागि समान रूपमा हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘ग्यास अभाव भएर सुत्केरी श्रीमतीलाई खानासम्म खुवाउन नसक्ने अवस्था सिर्जना भएको नैतिक जिम्मेवारी सम्बन्धित मन्त्री र सरकारको हो कि होइन ? आज काठमाडौंलगायत स्थानमा कोठाभाडामा लिएर विभिन्न प्रयोजनले बसेका विद्यार्थी लगायत कैयौँ व्यक्तिहरूले ग्यास कतै नपाएकोले पहल गरिदिनुपर्यो भन्दै सांसदहरूलाई मोबाइलमा फोन गर्नुपर्ने अवस्था आउनु आपूर्ति मन्त्रीको लापरवाही र कमजोरी केले छोप्ने ? पानीमा भिज्दै सिलिन्डर लिएर विद्यार्थी र सर्वसाधारण नागरिकहरूको लाइन कहिलेसम्म भोकभोकै लागिराख्नुपर्ने हो सरकार ? सभामुख महोदय, आज यस्तो निराशाको वातावरण किन सिर्जना हुँदैछ ? हिजो ‘बोल्न देऊ सरकार मलाई’ भन्नेहरू नै आज सरकारको नेतृत्वमा हुनुहुन्छ । आज सरकारमा प्रतिनिधिहरू प्रश्न गर्नेहरूलाई सभाबाट खबरदारीको भाषा प्रयोग गर्दै गरेको सुनियो । जनताका अगाडि कसैको झूठ अभिव्यक्ति र धम्की टिक्ने छैन । खबरदार, संविधानले व्यवस्था गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै विशिष्ट व्यक्तिको अनुहार हेरेर राखिएको होइन । यो हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ ।’

उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा कैलालीका विभिन्न स्थानका ३४ जना मैलुङ खोला हाइड्रोपावरको २१६ नम्बर ड्यामबाट बेपत्ता भएको उल्लेख गर्दै उनीहरूको तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरे ।

Previous Post

हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यकः काँग्रेस सांसद थापा

Next Post

सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा नागरिकलाई गाली गर्ने ‘नेटवर्क’हरु प्रधानमन्त्री कार्यालयबाटै चलेका छन्

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In