• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन

रिजन ढकाल by रिजन ढकाल
२६ भाद्र २०८३, शुक्रबार
A A
बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रवार बसेको बैठकले हेल्पडेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिइन् । उनले विपद्को संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पु¥याउने नाममा पीडितलाई प्रलोभन, दबाब र झुटा आश्वासन दिने जोखिम रहेको बताइन् । विशेषगरी रसुवाको बेत्रावती तथा त्रिशूली करिडोर, तिमुरे, खट्टेखोला, स्याफ्रुबेसी, हाँकुबेसी र मैलुङलगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ । समितिले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्पडेस्क सञ्चालन गर्न तथा स्थानीय तहमा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएको छ । पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानुनी सहायता उपलब्ध गराउने र आवश्यकताअनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताइन् ।

उनले भनिन्, ‘भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लाहरू, विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशूली करिडोर, तिमुरे, खट्टेखोला, स्याफ्रुबेसी, हाँकुबेसी, मैलुङलगायतका विभिन्न स्थानहरूमा राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका नागरिकहरूलाई विपद्को संवेदनशील अवस्थालाई दुरुपयोग गर्दै रोजगारी दिलाउने, राहत उपलब्ध गराउने, घर फर्काइदिने वा सुरक्षित स्थानमा पु¥याइदिने नाममा गलत व्यक्तिहरूले प्रलोभन, दबाब वा झुटा आश्वासन दिन सक्ने सम्भावना धेरै रहेको छ । तसर्थ, महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिक सुरक्षा र संरक्षण सुनिश्चित गर्न गोपनीयता तथा मर्यादाको पूर्ण संरक्षण गर्दै जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा सम्पर्क व्यक्ति तथा हेल्पडेस्कको व्यवस्था र स्थानीय तहमा रहेका महिला सेललाई तत्काल सक्रिय तथा प्रभावकारी रूपमा परिचालन गर्ने व्यवस्था, साथै प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानुनी सहायता तथा सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने प्रभावकारी संयन्त्रसमेत सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ ।’

समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टरअनुसार उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ । सभापति अवस्थीका अनुसार समितिमा रहेका दक्षता, नेतृत्व क्षमता र अनुभव भएका सांसदलाई सम्बन्धित क्लस्टरमा परिचालन गरी अध्ययन तथा आवश्यक सुझाव दिन सक्ने व्यवस्था गर्न उपसमिति गठन गर्न लागिएको हो । उपसमिति दलीय आधारमा गठन गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

Previous Post

१५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि बञ्चित गरिएको छैनः सभापति थापा

Next Post

आज ‘कुशे औँसी’ र मोती जन्मजयन्ती

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In