• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने

रिजन खड्का by रिजन खड्का
२६ भदौ, २०८३
A A
एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने
0
SHARES
0
VIEWS

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन् ।

कार्यदलको शुक्रबार बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवम् कार्यदल संयोजक राम बहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् । कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले बताएका छन् । उनका अनुसार कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेका छन् । पार्टी महासचिवलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको भएपनि कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्षले पनि छुट्टै सुझाव तथा प्रतिवेदन प्रस्तुत गरेको उपमहासचिव भट्टले बताएका छन् । दुवै प्रतिवेदनमा रहेका विषयवस्तु अध्ययन गरेर समान धारणा निर्माण गर्ने र एउटै प्रतिवेदन सचिवालयमा लैजाने निर्णय गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्नेगरि कार्यदलको बैठकस्थगित गरिएको छ । आईतबार बस्ने बैठकले एकीकृत प्रतिवेदन तयार गर्ने उनले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘आजको बैठकले दुइटा प्रतिवेदन आयो । महासचिवलाई जिम्मा दिइएको थियो दोस्रो बैठकले र संयोजकले त्यसलाई संयोजन गर्ने र परिमार्जित गर्ने भन्ने थियो । त्यहाँ अलिकति कन्फ्युजन देखियो । अब संयोजकको पनि छुट्टै प्रतिवेदन आइसकेपछि कार्यदलमा भएका सबैको हातमा दुइटै प्रतिवेदन परेको छ । आज र भोलि अध्ययन गर्ने र पर्सिबाट प्रतिवेदनलाई एकरूपता दिएर एकीकृत प्रतिवेदन ल्याउने र सचिवालयमा लैजाने भन्ने निर्णय भयो ।’

उनले दुईवटा प्रतिवेदन आएपनि पार्टीभित्र ठुलो विवाद भने नरहेको उनको भनाई छ । केही विषयमा बुझाइमा अन्तर रहेकाले छुट्टाछुट्टै प्रतिवेदन आएको उनले बताएका छन् । दुई नेताबीच ‘पुनर्गठन’लाई मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने वा समग्र पार्टीको समीक्षा तथा संगठन पुनर्गठनका रूपमा बुझ्नेबीच केही फरक धारणा देखिएको उनले जानकारी दिएका छन् ।

महासचिवको प्रतिवेदनमा केपी ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रश्ताव छैन

उनले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको बताएका छन् । महासचिवको प्रतिवेदन आफूले अध्ययन गरेको उल्लेख गर्दै उनले त्यस्तो प्रस्ताव आफूले नदेखेको दाबी गरेका छन् । उनका अनुसार प्रतिवेदनमा केही समीक्षा तथा कार्यदलमा आएका सुझावहरू समेटिएका छन् । संयोजकले ल्याएको छुट्टै दस्तावेजलाई पनि पूर्ण रूपमा अलग प्रतिवेदन भन्न नमिल्ने उनको जिकिर छ । महासचिवले ल्याएका विषयमा केही थप गर्न संयोजकले सुझाव प्रतिवेदन तयार गरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘महासचिवले तयार गरेको प्रतिवेदन पनि मैले अध्ययन गरेको छु । त्यसमा नेतृत्व मूल नेतृत्वलाई परिवर्तन गरेर जानुपर्छ भन्ने त्यस्तो छैन । केही समीक्षा गरेको छ, केही तलबाट आएका सुझावहरूलाई जस्ताको तस्तै राखेको छ । त्यहाँ आफ्नो भिन्न विचार सुझावहरू उहाँले दिनुभएको छैन । नेतृत्व परिवर्तन गर्ने भन्ने विषय कहिँ पनि महासचिवले तयार गरेकोमा प्रतिवेदनमा छैन ।’

कार्यदलले दुईवटै दस्तावेजलाई छुट्टाछुट्टै रूपमा केन्द्रीय कमिटीमा पेश नगर्ने पनि उनले जानकारी दिएका छन् । एकीकृत प्रतिवेदन सचिवालयमा पेश गरिने र सचिवालयबाट पारित भएपछि एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने उनको भनाई छ ।

Previous Post

सडकपेटीमा प्रसूती घटनाः ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त

Next Post

अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुग्यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav