• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

काभ्रेको बल्थलीमा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
काभ्रेको बल्थलीमा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेको पुनर्गठन कार्यदलका नेताहरू पार्टी पुनर्गठनसँग सम्बन्धित प्रतिवेदनमाथि थप छलफल गर्न काभ्रेको बल्थली पुगेका छन्।

बल्थलीस्थित एक रिसोर्टमा आवासीय रूपमा भइरहेको बैठकमा पार्टी पुनर्गठनका विषयमा तयार गरिएका दुई छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भइरहेको छ। शुक्रबार च्यासलमा बसेको कार्यदलको बैठकमा दुवै प्रतिवेदन प्रस्तुत गरिए पनि विस्तृत छलफलका लागि थप समय आवश्यक भएपछि नेताहरू आवासीय बैठकका लागि बल्थली गएका हुन्।

कार्यदलका सदस्यहरूले शनिबार साँझदेखि नै छलफल सुरु गरेका थिए भने आइतबार बिहानदेखि बैठकलाई निरन्तरता दिइएको छ। बैठकमा दुवै प्रतिवेदनका विषयवस्तुमा सहमति जुटाएर साझा दस्तावेज तयार गर्ने प्रयास भइरहेको बताइएको छ।

एमालेले गत २१ फागुनको निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टीभित्र सुधार तथा पुनर्गठनका लागि सुझाव संकलन गरेको थियो। ३० जेठदेखि १९ असारसम्म विभिन्न तहका नेता तथा कार्यकर्ताबाट प्राप्त सुझावलाई समेटेर महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित प्रतिवेदन तयार गरेका छन्।

कार्यदलका सदस्य सचिवसमेत रहेका पोखरेलले १३ समूहबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारेका हुन्। यता, कार्यदल संयोजक उपाध्यक्ष रामबहादुर थापाले पुनर्गठनसम्बन्धी विषयमा छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन्। थापाको प्रतिवेदनप्रति असहमति जनाउँदै ३९ पृष्ठ लामो अलग प्रतिवेदनसमेत तयार भएको बताइएको छ।

शुक्रबार दुवै प्रतिवेदन कार्यदलको बैठकमा प्रस्तुत भएपछि त्यसमा विस्तृत छलफलका लागि नेताहरू बल्थली पुगेका हुन्।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार छलफललाई आवश्यकताअनुसार निरन्तरता दिइनेछ। उनका अनुसार नेताहरूले बल्थलीमै बसेर छलफल अघि बढाउने र भोलि निष्कर्षसहित फर्कने तयारी गरेका छन्।

Previous Post

सानीभेरी जिप दुर्घटनामा दुई जनाको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धारको तयारी

Next Post

निषेधको राजनीति छोडेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्छः लिङदेन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In