• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद क्रिकेट

‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’– सन्दीप

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’– सन्दीप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताएकाछन् ।

एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किनुभएका उहाँले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताएकाछन् । शनिवार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रोपटक एशिया कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एशिया कपमा छनोट भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलतालाई नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताएकाछन् ।

लामिछानेले भन्नुभयो, ‘देश दुःखिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुशी दिन सकिएको छ । त्योभन्दा पनि नेपाल दुःखिरहेको बेला सबैले एक–अर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय थियो ।’

ओमानविरुद्धको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट भएपछि पनि टोलीले आत्मविश्वास नगुमाएको लामिछानेले बताएकाछन् । उहाँले उक्त खेलमा आफ्नो आधारभुत क्षमतामा केन्द्रित हुँदै अन्तिम खेलजसरी खेल्ने रणनीति बनाएको बताएकाछन् । नेपालले ओमानलाई केवल ६० रनमा अलआउट गर्दै सेमिफाइनलमा शानदार जित निकालेको थियो । लामिछानेकाअनुसार खेलाडीहरूले ‘आफ्नो देशका लागि वा जीवनकै अन्तिम खेल खेलेजसरी’ मैदानमा उत्रिने र प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने योजना बनाएका थिए । बलिङपछि ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले टोलीलाई सम्हालेर अघि बढाएको प्रदर्शन पनि उहाँले प्रशंसनीय रहेको बताएकाछन् ।

फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१३ रन बनाएको थियो । कप्तान लामिछानेले फाइनलका लागि विकेट राम्रो भएकाले टस जितेर ब्याटिङ रोज्नु सही निर्णय भएको बताएकाछन् । आसिफ शेखको शतकसहित नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उहाँले बलिङतर्फ पनि टोलीले शुरुवाती विकेट निकाल्न सके खेलमा फर्किन सकिने विश्वास रहेको बताएकाछन् । यूएईका राहुल चोपडाले राम्रो ब्याटिङ गरेपछि केही समय दबाब सिर्जना भएपनि खेल अन्तिम ओभरसम्म पुग्न सक्ने आँकलन टोलीले गरेको लामिछानेको भनाइ छ ।

कप्तान बनेको पहिलो सिरिजमै नेपाललाई उपाधि दिलाउँदै आफू म्यान अफ द टूर्नामेन्ट बन्न सफल भएपनि लामिछानेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित ठूलो भएको बताएकाछन् । उहाँले दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आसिफ शेख, रोहित पौडेललगायत सबै खेलाडीको योगदान उत्तिकै महत्वपूर्ण रहेको बताएकाछन् ।

उहाँले भन्नुभयो, ‘म्यान अफ द टूर्नामेन्ट व्यक्तिगत रूपमा खुशी लाग्ने उपलब्धि हो । तर टिमको जितमा योगदान गर्न पाएँ भन्ने कुराले अझ खुशी छु । यसको क्रेडिट सबैलाई जान्छ ।’

लामिछानेले प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल एनालिस्ट, व्यवस्थापक तथा अन्य सहयोगी कर्मचारीलाई पनि टोलीको सफलताको ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गरेकाछन् । प्रिमियर कपको उपाधिपछि नेपाली टोलीको ध्यान अब आगामी प्रतियोगितातर्फ केन्द्रित हुने लामिछानेले बताएकाछन् । केही दिन आराम गरेपछि एशियन गेम्स र त्यसपछि एसिया कपका लागि तयारी शुरु गरिने उहाँले जानकारी दिनुभयो । नेपालले पछिल्लो सफलतासँगै एशिया कपमा दोस्रोपटक स्थान बनाएको छ । सन् २०२३ मा पहिलोपटक एशिया कप खेलेको नेपालले यसपटक पनि एशियाली क्रिकेटका ठूला टोलीसँग प्रतिष्पर्धा गर्ने अवसर पाएको छ ।

Previous Post

एसीसी प्रिमियर कपको उपाधि नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि : पारस खड्का

Next Post

‘विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिन्छ’–मन्त्री वादी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In