• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौंको प्रश्ताव

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौंको प्रश्ताव
0
SHARES
0
VIEWS
काठमाडौ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानिय तहलाई प्रश्ताव गरेको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रश्ताव गर्नुभएको हो । काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालिन यातयात सेवामा जोडिन उहाँले भक्तपुरका स्थनीय तहलाई पनि आग्रह गर्नुभयो । उहाँकाअनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातले रात्रिकालिन यातयात सेवा सञ्चालन भइरहेको छ । रात्रिकालीन बस सेवा काठमाडौं बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उहाँले बताए । अब सेवा विस्तारका लागी भक्तपुरका स्थानीय तहहरुले पनि साझेदारी गर्नुपर्ने उहाँको भनाई छ । श्रमिक तथा मध्यम वर्गको लागि रात्रिकालिन वस सेवा अत्यावश्यक देखिएको उहाँले बताए । उहाँले प्रारम्भिक चरणमा यातयात सेवा संचालनमा केही घाटा देखिएको उहाँले बताउनुभयो । त्यसलाई सबै स्थानीय तहले व्यहोर्नेगरी सेवा सञ्चालन गर्न उहाँले जोड दिनुभयो । रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुने सबै स्थानीय तहबीच वित्तीय साझेदारी गरेर सेवालाई दीर्घकालिन सञ्चालन गर्नुपर्ने बताए । यातयात सेवालाई दिगो बनाउनसकेमा यात्रु संख्या बढ्ने उहाँको भनाई छ । श्रमिक वर्गलाई लक्षित गरी सेवा सञ्चालन भएकाले स्थानिय तहले नै वित्तिय साझेदारी गर्नुपर्ने देखिएको बताए । सेवा सञ्चालन हुने पालिकाहरूले लागत साझेदारी गरेमा कुनै एक स्थानीय तहमा मात्र आर्थिक भार नपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको एउटा पालिकालाई अर्को पालिकासँग जोड्ने ‘ट्रान्स–बाउन्ड्री’ अर्थात् अन्तरपालिका यातायात पनि हो । राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन् । धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौँमा काम गर्नुहुन्छ, तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि लगायतका ठाउँमा हुनसक्छ । काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ । अहिले राइड सेयरिङको सुविधा भए पनि तुलनात्मक रूपमा त्यो महँगो छ । त्यसैले सार्वजनिक यातायातको पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा हामीले दिउँसोको सेवासँगै रात्रिकालीन सेवामा पनि सुधार गर्नुपर्ने आवश्यकता देखेका छौँ । तर रात्रिकालीन सेवाबाट सुरु गरौँ, भनेर हामीले वैशाखदेखि सेवा सञ्चालन गरेका छौँ । हाल यसरी विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातसँग जोड्नुपर्ने माग व्यापक रूपमा आएको छ । अहिले उपलब्ध तथ्याङ्क हेर्दा पनि राति बसको आवश्यकता देखिएको छ । यसको लागि सबै स्थानिय तहको सहकार्य आवश्यक छ । सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष रूपमा जोडिएका पालिकाहरूले लागत साझेदारी गर्ने हो भने कुनै एउटा पालिकामाथि ठूलो आर्थिक भार पनि पर्दैन । अर्को महत्वपूर्ण पाटो भनेको स्वामित्व हो । एउटा पालिकाले मात्र ‘म गर्छु’ भनेर यो सेवा सञ्चालन गर्न सक्ला, तर हामीले त्यसरी अघि बढ्नु हुँदैन । यसमा संयुक्त स्वामित्व हुनुपर्छ । जब संयुक्त स्वामित्व हुन्छ, तब यो यातायात सेवा हामी सबैको सेवा बन्छ । यसलाई संस्थागत गर्न सकियो भने सेवा दिगो रूपमा सञ्चालन गर्न सकिन्छ । अहिले हामी रुट विस्तार गर्दैछौँ । यस क्रममा भक्तपुरलाई पनि यसैगरी साझेदारीमा जोडेर अघि बढाउन विशेष अनुरोध गर्दछु ।’
उहाँले रात्रिकालीन सार्वजनिक यातायातलाई स्थानीय तहबीच समझदारी गरेर दीगो संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तह जोडिने रुटमा सेवा विस्तार गर्दा काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, ठिमी, सूर्यविनायकलगायत पालिकाले लागत साझेदारी गर्न सक्नेछन् । उहाँले रात्रिकालीन सेवा विस्तारमा भक्तपुरका स्थानीय तहलाई पनि साझेदारीका लागि विशेष आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाका र मध्यपुर थिमी नगरपालिका दुवैले काठमाडौं महानगरपालिकाको प्रश्तावलाई सकरात्मक भएको भन्दै साझेदारीको लागि ईच्छुक रहेको जनाएका छन् । असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरि तयारी थालिएको छ । सेवालाई भक्तपुरमा पनि जोड्न काठमाडौं महानगरले विशेष पहल थालेको हो । असोज ३ गतेदेखि उपत्यकाको उत्तर दक्षिण र पूर्वपक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गर्न लागिएको हो । यसअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।
Previous Post

खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी

Next Post

जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav