• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छः अध्यक्ष दाहाल

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छः अध्यक्ष दाहाल
0
SHARES
0
VIEWS

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा विभिन्न कानूनी अवरोध देखिएको बताएका छन् ।

मंगलवार ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्कसम्बन्धी कानूनलाई व्यापक रूपमा पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । उनले वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र भूमिसम्बन्धी कानूनलगायतका व्यवस्थाबीच एकअर्कालाई सहयोग गर्नेभन्दा पनि कतिपय अवस्थामा एकअर्काको क्षेत्र विस्थापित गर्ने अवस्था देखिएको बताए । सार्वजनिक जग्गा, खर्क तथा चरन क्षेत्रको उपयोग र व्यवस्थापनका विषयमा सबै सम्बन्धित कानूनलाई समेटेर गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले खर्क तथा चरन क्षेत्रलाई केवल परम्परागत पशुपालनका लागि प्रयोग हुने भूभागका रूपमा मात्र नहेरी व्यवसाय र रोजगारी सिर्जनाको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । चौँरीलगायत पशुपालनबाट आम्दानी तथा उत्पादन बढाउन सकिने उल्लेख गर्दै उनले रोजगारीको ठूलो समस्या रहेको नेपालमा थोरै भए पनि रोजगारी सिर्जना गर्ने क्षेत्रलाई विभिन्न कारणले अवरोध पुर्‍याउन नहुने बताए । खर्क तथा चरन क्षेत्रसँग सम्बन्धित नीति र कानून निर्माण गर्दा व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने उनले बताएका छन् । विभिन्न ऐन तथा नीतिबीच देखिएका अन्तरविरोध पहिचान गरी समाधानका लागि आवश्यक सुझाव व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले भने, ‘हाम्रा विद्यमान ऐनहरू एकअर्कालाई सहयोग र पूरक बन्नुभन्दा कतिपय अवस्थामा एकअर्कालाई विस्थापित गर्ने खालका देखिन्छन् । वन ऐन, राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन, भूमिसम्बन्धी कानुन तथा खर्क र सार्वजनिक जग्गासँग जोडिएका अन्य कानूनी व्यवस्थाबीच पर्याप्त समन्वय आवश्यक छ । सार्वजनिक जग्गा तथा खर्क क्षेत्रको संरक्षण, उपयोग र व्यवस्थापनसँग सम्बन्धित यी विषयलाई व्यापक र गम्भीर रूपमा छलफल गर्न आवश्यक छ । यस कार्यक्रमले यस्ता विषयमा विशेष ध्यान केन्द्रित गरोस् भन्ने मेरो आग्रह छ । हामी ऐन निर्माण गर्ने तहमा रहेकाले छलफलबाट प्राप्त सुझाव र विषयवस्तुलाई व्यवस्थित रूपमा नीतिगत तथा कानूनी प्रक्रियामा लैजान सकेमा यसले महत्वपूर्ण योगदान पुर्‍याउनेछ । अर्कोतर्फ, खर्क तथा चरन क्षेत्रलाई सामान्य आर्थिक गतिविधि र व्यवसायका रूपमा पनि हेर्न आवश्यक छ । चौँरी, भेडा, बाख्रालगायतका पशुपालनबाट आम्दानी र उत्पादन बढाउने पर्याप्त सम्भावना छन् । नेपालमा बेरोजगारी ठूलो चुनौतीका रूपमा रहेको अवस्थामा रोजगारी सिर्जना र स्थानीय आयआर्जनका अवसर भएका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । तर यस्ता क्षेत्रमा विभिन्न कानूनी, नीतिगत तथा व्यावहारिक अवरोध सिर्जना भइरहेकाले तिनको पहिचान गरी समाधान गर्न आवश्यक छ ।’

अध्यक्ष दाहालले खर्कसम्बन्धी नीतिगत सुधारका लागि छलफलबाट प्राप्त सुझावलाई ऐन निर्माण गर्ने तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए । सार्वजनिक जग्गा तथा खर्कको संरक्षणसँगै त्यसको उत्पादनशील उपयोग सुनिश्चित गर्नसके स्थानीय समुदायको आयआर्जन र रोजगारी विस्तारमा योगदान पुग्ने उनको भनाइ छ ।

Previous Post

तीन तहका सरकारबीच खर्क व्यवस्थापनको अधिकार स्पष्ट पार्न कानून आवश्यक

Next Post

खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको समस्या सम्बोधन गर्न सकिन्छः अध्यक्ष दाहाल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav