• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई काँग्रेसको ध्यानाकर्षण

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई काँग्रेसको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसले विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

मंगलवार नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर ध्यानकर्षण गराएका हुन् । उनले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको बताए । विपद् व्यवस्थापनमा राज्यका सबै निकाय र राजनीतिक दलको समन्वय आवश्यक रहेकोले संसदीय समितिमार्फत सरकारका कामको अनुगमन र समन्वय गर्नुपर्ने उनको भनाइ छ । उनकाअनुसार विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय कार्यान्वयनमा आउन सकेको छैन । राहत व्यवस्थापनदेखि पुनःस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन समिति आवश्यक रहेको उनको भनाइ छ । उनले संसदीय समिति गठन गर्नु सरकारको विपक्षमा उभिनु नभएको पनि प्रष्ट पारे । सरकारलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन संसदीय निगरानी आवश्यक रहेको उनको भनाइ छ । विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, सुरक्षित पुनःस्थापना र राहतका लागि प्राप्त सहयोगको सदुपयोगबारे समितिले अनुगमन गर्ने उनले बताए ।

उनले भने, ‘सत्तापक्षका सभापतिजीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विपत्तिपछि सर्वदलीय ढङ्गबाट अनुगमन गर्ने, निर्देशन दिने, पारदर्शिता कायम राख्दै व्यवस्थापनलाई थप व्यवस्थित गर्ने र पुनस्र्थापनाको पाटोमा गम्भीरता तथा संवेदनशीलताका साथ काम गर्ने निर्णय भएको थियो । सत्तापक्षका सभापतिजीले संसद्को रोस्टमबाट समेत त्यस विषयलाई उल्लेख गर्नुभएको थियो । तर, त्यसको पनि निकै दिन व्यतित भइसकेको छ । १७–१८ दिन बितिसकेको अवस्था छ । अहिलेसम्म गठन हुन सकेको छैन, यस विषयमा मैले उहाँलाई जानकारी गराएको छु । चाँडोभन्दा चाँडो संसदीय उच्चस्तरीय समिति गठन गरेर अहिलेको राहत व्यवस्थापनदेखि पुनस्र्थापनासम्मका विषयलाई प्रभावकारी रूपमा हेर्न आवश्यक छ । पीडितहरूको अवस्था, बालबच्चा, सुत्केरी महिला, महिलादेखि बालबालिकासम्मका विभिन्न पक्षलाई ध्यान दिनुपर्ने अवस्था छ । पीडितहरूको पुनस्र्थापना कसरी गर्ने, नयाँ बस्ती कहाँ र कसरी सुरक्षित ढङ्गबाट बसाउने भन्ने विषयमा पनि जिम्मेवारीपूर्ण र पारदर्शी ढङ्गबाट काम गर्न आवश्यक छ । हामीलाई राहत तथा सहयोग उपलब्ध गराउने सबैको सहयोग सुनिश्चित गर्दै त्यसको सदुपयोग कसरी भइरहेको छ भन्ने कुरा पनि स्पष्ट रूपमा भन्नुपर्ने हुन्छ । यी सबै विषयका लागि संसदीय उच्चस्तरीय समितिले चाँडोभन्दा चाँडो चासो राख्नुपर्छ । सरकारले संसदीय उच्चस्तरीय समिति गठन गर्नु भनेको सरकारको विरुद्धमा बोल्नु वा सरकारविरुद्ध समिति गठन गर्नु होइन । यो सरकारकै कामलाई थप व्यवस्थित र सरकारलाई थप जिम्मेवार बनाउनका लागि हो । कहाँ–कहाँ कसरी काम भइरहेको छ, कहाँ काम पुग्न सकेको छैन, कतिपय विषयमा राज्यको नजर पुग्न नसकेको अवस्था छ कि छैन भन्नेकुराको अनुगमन र समन्वय गर्न पनि यस्तो समिति आवश्यक छ । विपत्तिको समयमा राज्य छ भन्ने अनुभूति पीडितहरूलाई दिलाउनका लागि यो समिति जरुरी छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो गठन गर्नुपर्छ भन्नेकुरा पनि मैले उहाँलाई जानकारी गराएको छु ।’

उनले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई पनि तत्काल सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएको जानकारी दिए । संसदको नियमावली र कार्यतालिकाअनुसार प्रश्नोत्तर कार्यक्रम संसद र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम भएकाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अतिआवश्यक रहेको उनको भनाइ छ । उनकाअनुसार सभामुख यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको बताए । सभामुखसँगको भेटमा उनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराएको बताए । कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते र केन्द्रिय महाधिवेशन १६ देखि १९ गतेसम्म हुने जानकारी सभामुखलाई गराइएको उनको भनाइ छ ।

Previous Post

खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको समस्या सम्बोधन गर्न सकिन्छः अध्यक्ष दाहाल

Next Post

जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसदलाई जानकारी गराउन नेकपाको माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In