• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयकलाई पुनर्लेखन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयकलाई पुनर्लेखन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
0
SHARES
0
VIEWS

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाले पारित गरेको ‘पर्यटन विधेयक, २०८१’ लाई पूरै पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्यासिनो क्षेत्रका व्यवसायीसँग भएको छलफलमा मन्त्री पौडेलले विधेयकमा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले विधेयक पुनर्लेखनकै चरणबाट अघि बढाउनुपर्ने बताएका हुन् । उहाँले नियमावलीमा राख्नुपर्ने विषय समेत ऐनमा राखिएकोले सुधार गर्न आवश्यक रहेको बताए । विधेयकलाई चुस्त र दीर्घकालीन बनाउने गरी ऐनमा समेट्नुपर्ने र नियमावलीमा राख्नुपर्ने विषय छुट्याउनुपर्ने उहाँको भनाई छ । ऐनमा अत्यधिक तथ्यांक तथा निश्चित मापदण्ड राख्दा समयअनुकूल संशोधन गर्न कठिन हुने भएकाले दूरी, क्षेत्रफललगायत तथ्यांकमा आधारित विषय विधेयकबाट हटाएर नियमावलीमा राख्नु उपयुक्त हुने उहाँले बताए ।

उहाँले भने, ‘कतिपय विषय नियमावलीमा समावेश गर्दा उपयुक्त हुने देखिन्छ । त्यसैले ऐनलाई चाहिँ अलि चुस्त–दुरुस्त र दीर्घकालीन बनाउनुपर्छ । नियम–कानून जति लचिलो र समयअनुकूल परिमार्जन गर्न सकिने भयो, त्यति नै सहज हुन्छ । ऐनमा कुनै व्यवस्था समावेश गरिसकेपछि त्यसलाई संशोधन गर्न कठिन हुन्छ । त्यसैले निश्चित तथ्यांकमा आधारित विषयहरू जस्तै यति वर्गफिट, यति किलोमिटर टाढा वा यति नजिक हुनुपर्ने जस्ता मापदण्ड—ऐनमा समावेश गर्नुभन्दा नियमावलीमा राख्नु उपयुक्त हुन्छ । पर्यटन विधेयकमाथि हामीले अझै धेरै काम गर्न बाँकी छ । यस विषयमा समितिका सभापतिज्यूसँग मैले निकै होमवर्क गरिसकेको छु र अन्य सम्बन्धित साथीहरूसँग पनि निरन्तर छलफल तथा गृहकार्य भइरहेको छ । यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको भएपनि यसमा समयानुकूल थप्नुपर्ने र सच्याउनुपर्ने धेरै विषय छन् । त्यसैले यो विधेयक लगभग पुनर्लेखनकै चरणबाट गुज्रिन सक्ने अवस्था छ ।’

उहाँले भारतीय पर्यटकले नेपाल ल्याउने भारतीय रुपैयाँको व्यवस्थापन र भारतीय सवारीसाधनलाई दिइने प्रवेश अनुमतिका विषयमा पनि समस्या रहेको बताए । भारतीय रुपैयाँ सटहीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा उहाँले जोड दिए । भारतीय सवारीसाधनलाई नेपालमा एक वर्षमा ३० दिनसम्म मात्र प्रवेश अनुमति दिने व्यवस्थाले पर्यटन क्षेत्रमा क्षति पुगेको उहाँको भनाइ छ । नेपाल आउने भारतीय पर्यटकका लागि चालक स्वयं स्थानीय ट्राभल एजेन्टको भुमिकामा रहने भएकाले लामो समयसम्म उनीहरूलाई नेपाल आउन सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिए । भारतीय सवारीसाधनमा लागू विभिन्न नियमका कारण पर्यटनको सम्भावना भएका क्षेत्रमा समेत असर परेको उहाँको भनाई छ ।

उहाँले भने, ‘केही समयअघि विशेषगरी मुस्ताङ, मनाङ, मुक्तिनाथ र पोखरालगायतका क्षेत्रमा भारतीय पर्यटकको ठूलो आगमन भएको थियो । उनीहरूले ठूलो मात्रामा भारतीय रुपैयाँ नेपाल ल्याएर खर्च गरे । नेपाली व्यवसायीहरूले उक्त रकम स्वीकार गरेपछि त्यसलाई सटही गर्न नसक्ने समस्या जटिल बनेको थियो । त्यसपछि सम्बन्धित निकायसँग समन्वय गरेर कम्तीमा उक्त रकम सटही गर्ने अवसर दिनुपर्ने अवस्था आयो । अन्यथा, वैधानिक रूपमा व्यवसाय सञ्चालन गरेर आर्जन गरेको रकमसमेत अवैधजस्तो देखिने अवस्था सिर्जना हुने भयो । पर्यटकले आफूसँग ल्याएको पैसा होटलमा कोठा लिएर, सामान खरिद गरेर वा खाना खाएर खर्च गरेको हो । त्यसैले त्यस्तो रकम व्यवस्थापन गर्ने केही उपाय खोजेर हामीले अस्थायी रूपमा समस्या समाधान गर्ने प्रयास गरेका थियौँ । अब यसलाई स्थायी रूपमा समाधान गर्न पनि केही न केही व्यवस्था गर्नुपर्छ । अर्को भारतीय गाडीलाई नेपालमा ३० दिनभन्दा बढी प्रवेश अनुमति नदिने व्यवस्थाका कारण पर्यटन क्षेत्रमा ठूलो क्षति भइरहेको छ । एक वर्षमा ३० दिन मात्रै नेपालमा सवारीसाधन राख्न पाउने व्यवस्थाले भारतीय पर्यटकको आवागमनमा समेत असर परेको छ । क्यासिनो क्षेत्रका ग्राहकहरू पनि यस्तै पर्यटकसँग सम्बन्धित हुने भएकाले यो विषयलाई त्यस दृष्टिले पनि हेर्नुपर्छ । एउटा पर्यटक ३० दिनभन्दा बढी नेपाल बस्न चाह्यो भने उसले प्रयोग गर्ने सवारीसाधनलाई पनि त्यहीअनुसार सहजता दिनुपर्ने हुन्छ । नेपालमा भारतीय पर्यटक बोकेर आउने धेरै सवारीसाधनका चालकले चालकको भूमिकासँगै ट्राभल एजेन्टको कामसमेत गरिरहेका हुन्छन् । त्यसैले भारतीय सवारीसाधनमाथि लगाइएका यस्ता विभिन्न नियमको प्रभावलाई पनि पुनरावलोकन गर्नुपर्छ ।’

उहाँले पर्यटन क्षेत्रको सुधार ठूला र हस्तक्षेपकारी नीतिबाट मात्र सम्भव नहुने बताए । साना विषयमा गरिने सुक्ष्म र संवेदनशील सुधारले पनि दिगोपन सुनिश्चित गर्ने उहाँको भनाई छ । मन्त्री पौडेलले पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीले उठाएका व्यावसायिक विषयलाई समेत विधेयक निर्माणका क्रममा समावेश गरिने बताए ।

Previous Post

आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग

Next Post

चिया मजदुरको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस्ः सचेतक राई

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav