चीनले मंगलवार झुच्ये–२ई वाई७ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट स्थानीय समयअनुसार दिउँसो २ः२६ बजे रकेट प्रक्षेपण गरिएको थियो।
रकेटले मेगा–कन्स्टेलेसन (ठूलो उपग्रह समूह) निर्माणका लागि प्रयोग हुने १० वटा नेटवर्किङ उपग्रहलाई निर्धारित कक्षामा सफलतापूर्वक पुर्याएको छ।
उक्त उडान परीक्षण मिसनलाई पूर्ण रूपमा सफल घोषित गरिएको छ।
