• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

समितिका प्रतिवेदन कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्छः काँग्रेस सांसद श्रेष्ठ

रिजन ढकाल by रिजन ढकाल
३१ भाद्र २०८३, बुधबार
A A
समितिका प्रतिवेदन कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्छः काँग्रेस सांसद श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले समितिले सरकारलाई दिएका सुझाव तथा प्रतिवेदन कार्यान्वयन भए–नभएको नियमित रूपमा अनुगमन र फलोअप गर्नुपर्ने बताएका छन्।

बुधवार समितिको बैठकमा बोल्दै श्रेष्ठले विभिन्न संसदीय समितिले प्रतिवेदन तयार गरे पनि त्यसको कार्यान्वयनबारे पर्याप्त फलोअप नहुने गरेको बताए। समितिले तयार गरेको वार्षिक प्रतिवेदन र कार्यसूचीलाई आधार बनाएर आगामी दिनमा प्रतिवेदन कार्यान्वयनको अवस्थासमेत नियमित रूपमा अनुगमन गर्नुपर्ने उनको भनाइ थियो।

समितिले सरकारलाई प्रतिवेदन तथा सुझाव दिइसकेपछि कति कार्यान्वयन भयो र कति भएन भन्ने स्पष्ट रूपमा हेर्नुपर्ने श्रेष्ठले बताए।

उनले भोटेकोशी बाढी तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा विभिन्न संसदीय समितिको कार्यक्षेत्र दोहोरिन सक्ने अवस्थाप्रति समेत ध्यानाकर्षण गराए। उनका अनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि भोटेकोशी घटनाबारे अध्ययन तथा अनुगमन गरिरहेको छ।

सामाजिक सञ्जालमा भोटेकोशी घटनासम्बन्धी तथ्यहीन वा अतिरञ्जित सूचना फैलिएको उल्लेख गर्दै श्रेष्ठले यथार्थ तथ्य र सरकारी तथ्यांकका आधारमा वास्तविक अवस्था पहिचान गर्नुपर्ने बताए।

जलवायु परिवर्तनसम्बन्धी विषयमा पनि विभिन्न समितिले समान प्रकृतिका काम गर्दा दोहोरोपन हुनसक्ने भएकाले समितिहरूबीच आवश्यक समन्वय र कार्यक्षेत्र स्पष्ट गर्नुपर्ने उनले बताए। यस्तो अवस्थामा संयुक्त समितिको भूमिका अझ महत्वपूर्ण हुने उनको भनाइ थियो।

श्रेष्ठले भने, ‘समितिले विभिन्न विषयमा प्रतिवेदन तथा सुझाव दिएपछि त्यसको कार्यान्वयन भए–नभएको नियमित रूपमा अनुगमन र फलोअप गर्न आवश्यक छ। यसका लागि वार्षिक कार्यसूचीमा प्रतिवेदन कार्यान्वयनको अवस्थासमेत समावेश गरी प्रभावकारी अनुगमन गर्नुपर्छ।’

एउटै विषयमा विभिन्न संसदीय समितिबाट दोहोरो अध्ययन तथा अनुगमन हुने अवस्था देखिएकाले आवश्यक समन्वयमार्फत कार्यक्षेत्र स्पष्ट गर्नुपर्ने उनले बताए। विशेषगरी सामाजिक सञ्जालमा तथ्यहीन वा अतिरञ्जित सूचना प्रवाह भइरहेका बेला सम्बन्धित विषयको वास्तविक अवस्था र तथ्य प्रमाणित गरी सार्वजनिक गर्ने जिम्मेवारी महत्वपूर्ण रहेको श्रेष्ठले बताए।

उनले समितिहरूबीच समन्वय कायम गर्दै आफ्नो समितिले दीर्घकालीन रूपमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनको प्रभावकारी अनुगमनमा केन्द्रित हुनुपर्ने बताए।

Previous Post

बाढीपहिरोको विषय अन्तर्राष्ट्रिय फोरममा प्रभावकारी रुपमा उठाउनुपर्छः सांसद शाक्य

Next Post

विपद् व्यवस्थापनका लागि संसदीय तहबाट सामूहिक पहल आवश्यकः सभापति कार्की

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In