• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विद्युतीय सवारी दुर्घटना नियन्त्रण गर्न ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
विद्युतीय सवारी दुर्घटना नियन्त्रण गर्न ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग
0
SHARES
0
VIEWS

ईभी सेफ्टी एजुकेसन कार्यक्रम सञ्चालन गर्न पुकार बमको माग

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको दर बढ्दै गएको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै बमले सवारी चालकको लापरवाही, कम उमेर तथा अनुभवहीन चालक र सार्वजनिक सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी भए–नभएको विषयमा समीक्षा गरी आवश्यकताअनुसार पुनरावलोकन गर्न माग गरे।

उनले दुर्घटनालाई सवारीसाधनको कमजोरीमा मात्र सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर अध्ययन गर्नुपर्ने बताए। चालकको अनुभव, सीप तथा नियमन प्रणालीलाई समेत दुर्घटनाका सम्भावित कारणका रूपमा अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।

बमले ईभीको प्रविधि अन्य सवारीसाधनभन्दा फरक भएकाले यसको सुरक्षित प्रयोग, ब्याट्रीको अवस्था पहिचान, चार्जिङका क्रममा अपनाउनुपर्ने सावधानी तथा दुर्घटनापछि गर्नुपर्ने कामबारे प्रयोगकर्तालाई जानकारी दिन आवश्यक रहेको बताए।

उनले भने, ‘पछिल्लो समय ईभी गाडीको दुर्घटना दर बढेको देखिन्छ। तर प्रश्न ईभीमा मात्र होइन, समग्र रोड सेफ्टी सिस्टममा हो। सवारी चालकमा लापरवाही देखिन्छ र धेरै चालक कम उमेरका तथा अनुभवहीन छन्।’

दुर्घटनापछि सवारीसाधनलाई मात्र दोष दिने कि चालकको अनुभव, सीप र नियमन प्रणालीलाई समेत हेर्ने भन्ने विषयमा अध्ययन आवश्यक रहेको उनले बताए।

ईभी खरिद गरेपछि त्यसलाई सुरक्षित र सही तरिकाले प्रयोग गर्नेबारे प्रयोगकर्तालाई पर्याप्त शिक्षा दिइएको छ कि छैन भन्ने प्रश्न उठेको बमले बताए। ब्याट्रीको अवस्था कसरी पहिचान गर्ने, चार्ज गर्दा के कुरामा ध्यान दिने, दुर्घटना भएमा के गर्ने तथा समस्याका प्रारम्भिक संकेत कसरी पहिचान गर्ने भन्नेबारे प्रयोगकर्तालाई जानकारी दिनुपर्ने उनले बताए।

सरकारले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक तथा प्राविधिक विज्ञलाई सहभागी गराएर सरल नेपाली भाषामा ईभी सुरक्षा निर्देशिका तयार गर्नुपर्ने बमले बताए।

उनले ईभीको सुरक्षित प्रयोग र सडक दुर्घटना न्यूनीकरणका लागि ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।

Previous Post

शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने

Next Post

विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav