• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

‘वाद–प्रतिवाद छाडेर सरकार राष्ट्र निर्माणमा लागोस्’- एमाले सांसद देवकोटा

रिजन ढकाल by रिजन ढकाल
३१ भाद्र २०८३, बुधबार
A A
‘वाद–प्रतिवाद छाडेर सरकार राष्ट्र निर्माणमा लागोस्’- एमाले सांसद देवकोटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादभन्दा काम र परिणाममा केन्द्रित हुन आग्रह गरेकी छन्।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै देवकोटाले विपद् व्यवस्थापन, पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय कूटनीतिसम्मका विषयमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताइन्।

आविष्कार केन्द्रका प्रमुख आविष्कारकसमेत रहेका मन्त्री महावीर पुनको थकान र निराशाजस्तो देखिएको अवस्थाप्रति दुःख लागेको बताउँदै उनले सामाजिक सञ्जालमा प्रतिवाद गर्नुभन्दा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आविष्कारमा ऊर्जा लगाउन सुझाव दिइन्। गृहमन्त्रीले पनि भाषण र प्रतिवादभन्दा हत्या, हिंसा तथा आतङ्क अन्त्य गर्ने काममा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

भोटेकोशी र त्रिशूली नदीको बाढीबाट भएको क्षतिपछि हुने पुनर्निर्माणमा विगतका कमजोरीबाट सिक्नुपर्ने देवकोटाले बताइन्। नदी करिडोर तथा नदी किनारमा ठूला संरचना र बस्ती विकास गर्दा भौगोलिक जोखिमलाई पर्याप्त ध्यान नदिइएको हुनसक्ने भन्दै उनले पुनर्निर्माणमा नेपालको भौगोलिक विविधता र जोखिमलाई ध्यानमा राख्न आग्रह गरिन्।

मध्यपहाडी क्षेत्रमा ऊर्जा तथा भौतिक पूर्वाधार विकासको सम्भावनालाई समेत प्राथमिकतामा राखेर पुनर्निर्माणको योजना बनाउनुपर्ने उनको सुझाव थियो। साथै देशभित्र उपलब्ध विशेषज्ञ तथा दक्ष जनशक्तिको अधिकतम उपयोग गर्न सरकारलाई आग्रह गरिन्।

वस्तु अभाव र मूल्यवृद्धि राजनीतिक आरोप–प्रत्यारोपबाट समाधान नहुने भन्दै देवकोटाले आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन, कालोबजारी नियन्त्रण गर्न र नागरिकलाई सहज जीवनयापनको वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सरकार र राजनीतिक दलहरूले सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्नुपर्ने बताउँदै उनले संसद्लाई आलोचना र वाद–प्रतिवादको मञ्चभन्दा जनताको आवाज र राष्ट्र निर्माणमा केन्द्रित गर्ने फोरम बनाउनुपर्ने बताइन्।

Previous Post

‘बबिता पासवानलाई सडकमा पुर्‍याउनेमाथि कारबाही हुन्छ’–मन्त्री मेहता

Next Post

‘स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा अध्ययन आवश्यक’– स्वास्थ्यमन्त्री मेहता

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In