• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, November 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता मुख्य एजेण्डा

रिजन खड्का by रिजन खड्का
१ अशोज, २०८३
A A
माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता मुख्य एजेण्डा
0
SHARES
0
VIEWS

आगामी माघ ३, ४ र ५ गते ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।

नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.लि.को संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना हुन लागेको हो।

ललितपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले यस पटकको एक्स्पो ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन गरिने बताए।

नेपालको विद्युत् जडित क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको र त्यसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै डाँगीले सरकारले अघि सारेको सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने १० वर्षे ऊर्जा विकास मार्गचित्र हासिल गर्न आवश्यक स्वदेशी तथा विदेशी लगानी र प्रविधि जुटाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए।

पछिल्ला वर्षहरूमा इलाम, संखुवासभा, लमजुङ, भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएका आकस्मिक बाढी, पहिरो तथा गेग्रान बहावले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको स्मरण गर्दै उनले ऊर्जा आयोजनाको सुरक्षामा समेत ध्यान दिनुपर्ने बताए।

प्रदर्शनीमा नेपालसहित भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत १५ भन्दा बढी देशका ऊर्जा कम्पनी, लगानीकर्ता, इन्जिनियरिङ कन्सल्टेन्ट तथा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहनेछ।

डाँगीका अनुसार देशभर हाल करिब ६ हजार ४ सय मेगावाट बराबरका आयोजना निर्माणाधीन छन्। यी आयोजनामा करिब ५ लाख मानिस प्रत्यक्ष रूपमा रोजगारीमा संलग्न रहेको उनले बताए।

ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै सामग्री, प्रविधि तथा सेवा प्रदायकलाई एउटै थलोमा ल्याएर प्रदर्शनी तथा एक्स्पो आयोजना गर्नु महत्वपूर्ण रहेको उनले बताए। एक्स्पोले उत्पादक र खरिदकर्तालाई एउटै स्थानमा भेट गराउने भएकाले बजार विस्तार, प्रविधिको जानकारी, खरिद प्रक्रिया तथा मूल्यमा छलफल गर्न सहज हुने उनको भनाइ छ।

नयाँ पुस्तालाई ऊर्जा उत्पादनबारे जानकारी र व्यावहारिक ज्ञान दिन हाइड्रोपावरका विभिन्न मोडल, प्रविधि प्रदर्शन तथा आयोजना र साइट भ्रमणका कार्यक्रम राखिने उनले बताए। यसले युवालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्नुका साथै नेपालमा ऊर्जा उत्पादन कसरी हुन्छ भन्नेबारे बुझ्ने अवसर प्रदान गर्ने उनले बताए।

एक्स्पोमा सुरुङ खन्ने टनेलिङ उपकरण, रक मेकानिक्स तथा हेभी मेसिनरीको विशेष शोकेस गरिनेछ। साथै, काठमाडौं उपत्यकामा १०० भन्दा बढी विद्युतीय सवारीसाधनको ¥याली आयोजना गरिनेछ।

भारत र बंगलादेशसँगको १० हजार मेगावाट विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तारसम्बन्धी उच्चस्तरीय नीतिगत छलफल, ठूला ब्याट्री भण्डारण प्रणाली तथा ग्रीन हाइड्रोजन प्रविधिको सम्भाव्यताबारे प्रस्तुति पनि एक्स्पोका क्रममा हुने आयोजकले जनाएको छ।

युवा इन्जिनियर तथा नवप्रवर्तकका लागि ५ लाख रुपैयाँ नगद पुरस्कारसहितको स्वच्छ ऊर्जा प्रतियोगिता पनि आयोजना गरिनेछ।

त्यस्तै, माघ ४ गते इप्पानको २६औँ स्थापना दिवसका अवसरमा ‘इप्पान डे गाला डिनर’ तथा ऊर्जा सम्मान कार्यक्रम आयोजना गरिनेछ।

Previous Post

सांसद शाहीको आरोप–सरकारले कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने तथा आतंकित पार्ने काम गरिरहेको छ

Next Post

सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav