• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विश्वमा शक्तिको हैकम चल्ने अवस्था अन्त्य हुनुपर्छः रघुजी पन्त

रिजन खड्का by रिजन खड्का
२ अशोज, २०८३
A A
विश्वमा शक्तिको हैकम चल्ने अवस्था अन्त्य हुनुपर्छः रघुजी पन्त
0
SHARES
0
VIEWS

नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गरेका हुन् । उहाँले नेपाली समाजमा विभिन्न धर्म मान्ने भए पनि भगवान बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताए ।

बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उहाँको भनाइ छ । पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्वपूर्ण रहेको बताए ।

सी चिनफिङको भनाइ उद्धृत गर्दै पन्तले बलियाको नै जित हुनुपर्छ भन्ने तर्क स्वीकार्य नहुने बताए । विश्वमा शक्तिशाली देशले आफूले भनेको नमान्ने साना देशमाथि आक्रमण गर्ने तथा दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ ।

उहाँले विश्वमा अहिले व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको उल्लेख गर्दै शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए ।

पन्तले भने, ‘हामी बुद्धका विचारहरूबाट, बुद्धका भावनाहरूबाट प्रभावित मानिसहरू हौँ । चीन पनि, चिनियाँ जनताहरू पनि र हामी नेपालीहरू पनि । हामी विभिन्न धर्म मान्न सक्छौँ तर प्रत्येक नेपालीको मनमा बुद्धप्रति विशेष अनुग्रह, विशेष सद्भाव र विशेष आस्था र विश्वास भएको तपाईं पाउनुहुन्छ । र मैले किन प्रसङ्ग जोडेको भन्दाखेरी त्यही बुद्धिजमको प्रभावले होला, भर्खरै भारतमा सम्पन्न भएको ब्रिक्समा चीनका राष्ट्रपति सी चिनफिङले बडो राम्ररी केही कुराहरू भन्नुभयो । उहाँले बोलेको कुरा, खास गरेर हामी जस्ता तेस्रो विश्वका अथवा ग्लोबल साउथका देशहरूको लागि महत्वपूर्ण छ । बलियाको नै जित हुनुपर्छ भन्ने तर्क मान्य हुँदैन र यसलाई धेरै पहिले नै त्याग्नुपर्थ्यो । यो सी चिनफिङको भाषणको एउटा अंश हो । तपाईं हामीले यहाँ देखिरहेका छौँ कि बलिया देशहरूले आफूले भनेको मानेन भनेर साना देशहरूमाथि आक्रमण भइराखेको छ । आफ्ना शर्त मानेन भनेर र संसारमा अहिले ट्याक्स वार, टेरिफ वार चलिरहेको छ । हामी देखिरहेका छौँ र त्यहाँ उहाँले जसरी पाँचवटा बुँदा एआईलाई कसरी प्रयोग गर्ने, डिजिटल प्लेटफर्मलाई कसरी गर्ने भन्ने विचारको साथसाथै पाँच बुँदा सार्नुभयो र के भन्नुभयो भन्दाखेरि, संसारमा हैकम चलाउने कुरा हुँदैन।’

पन्तले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्मलगायत प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए । विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने उहाँको भनाइ छ । उहाँले ग्लोबल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिए ।

Previous Post

दलभित्रको नेतृत्व परिवर्तनबारे संविधानमै व्यवस्था गर्नुपर्छः सुरेन्द्र पाण्डे

Next Post

बीआरआई ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजनाः नारायणप्रसाद दाहाल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav