• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम सुदृढीकरणबारे इजिप्ट र प्यालेस्टाइनका राष्ट्रपतिबीच छलफल

रिजन ढकाल by रिजन ढकाल
२ आश्विन २०८३, शुक्रबार
A A
गाजामा युद्धविराम सुदृढीकरणबारे इजिप्ट र प्यालेस्टाइनका राष्ट्रपतिबीच छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासबीच गाजामा जारी युद्धविरामलाई सुदृढ बनाउने तथा राजनीतिक समाधानतर्फ अघि बढ्ने प्रयासबारे छलफल भएको छ ।

इजिप्टको राष्ट्रपतीय कार्यालयका अनुसार कायरोमा भएको भेटवार्तामा राष्ट्रपति अल–सिसीले प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने न्यायपूर्ण र व्यापक राजनीतिक समाधानप्रति इजिप्टको समर्थन दोहोर्‍याएका छन् । उहाँले प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने सम्झौता नभएसम्म यो मुद्दा क्षेत्रीय राजनीतिमा केन्द्रमा रहिरहने बताए ।

गाजामा युद्ध अन्त्य गर्न सन् २०२५ को अक्टोबरमा भएको शर्म अल–शेख शान्ति शिखर सम्मेलनको सम्झौता कार्यान्वयनका लागि मध्यस्थकर्ताहरूसँग मिलेर इजिप्टले निरन्तर काम गर्ने पनि उनले बताए ।

अल–सिसीले सबै पक्षलाई सम्झौताको पालना गर्न, तनाव बढाउने गतिविधि रोक्न तथा मानवीय सहायता सहज रूपमा गाजासम्म पुर्‍याउन आग्रह गरे । साथै, गाजाको शीघ्र पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

इजिप्टले प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने वा उनीहरूको राष्ट्रिय मुद्दालाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार गर्ने आफ्नो धारणा पनि अल–सिसीले दोहोर्‍याए । उहाँले प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणप्रति समर्थन व्यक्त गर्दै प्यालेस्टिनी राजनीतिक समूहहरूबीच सहमति कायम गर्ने प्रयासलाई पनि समर्थन गरे ।

राष्ट्रपति अब्बासले प्यालेस्टिनी अधिकारको संरक्षण तथा न्यायपूर्ण र दीर्घकालीन समाधानका लागि इजिप्टले गर्दै आएको प्रयासको प्रशंसा गरे । उहाँले लामो समयदेखि प्यालेस्टिनी मुद्दामा इजिप्टले निर्वाह गर्दै आएको समर्थनकारी तथा मध्यस्थकर्ताको भूमिकाप्रति आभार व्यक्त गरे ।

अब्बासले पछिल्लो अवस्थाबारे अल–सिसीलाई जानकारी गराउँदै पश्चिम किनाराको बिग्रँदो सुरक्षा तथा मानवीय अवस्थाबारे पनि चर्चा गरे । अब्बासले उक्त अवस्थाका लागि इजरायली कब्जासम्बन्धी नीतिहरूलाई जिम्मेवार ठहराएका छन् ।

दुवै राष्ट्रपतिले प्यालेस्टिनी क्षेत्र तथा व्यापक मध्यपूर्वमा भइरहेका घटनाक्रमबारे सबै तहमा राजनीतिक समन्वय र परामर्श थप तीव्र बनाउने सहमति गरेका छन् ।

Previous Post

अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने

Next Post

नौसैनिक जहाज ठोक्किएपछि पाकिस्तानले भारतका शिर्ष कुटनीतिक प्रतिनिधिलाई बोलायो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In