• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काँग्रेसको आरोप–मुलुक विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा सञ्चालन भइरहेको छ

रिजन खड्का by रिजन खड्का
५ अशोज, २०८३
A A
काँग्रेसको आरोप–मुलुक विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा सञ्चालन भइरहेको छ
0
SHARES
0
VIEWS

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार निरङ्कुशउन्मुख भएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालन भइरहेको आरोपसमेत लगाए।

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिक अझै बिचल्लीमा रहेको उल्लेख गर्दै उनले बाढीपीडित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरे।

त्यस्तै, उनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न माग गरे। गत वर्षको २४ भदौमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘नागरिकका समस्याप्रति जिम्मेवार हुनुपर्ने सरकार आफैं अल्मलिएको छ। रसुवा र नुवाकोटका बाढीपीडित नागरिक अझै बिचल्लीमा छन्। चाडपर्वको मुखमा अस्थायी पुनर्वासको सुरसार छैन। संसदीय विशेष समिति तत्काल गठन होस्।’

‘विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालित भइरहेको छ। यो दुःखद् कुरा हो। २४ भदौको आम विध्वंसको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग तत्काल बनाइयोस्। सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो? मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन लुकाउनु जनताको सुसूचित हुने अधिकारमाथिको आक्रमण हो। त्यति मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम गर्नु पनि हो,’ उनले भने।

जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन नहुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको बदनाम भएको उनले टिप्पणी गरे।

Previous Post

जलवायु क्षतिपूर्तिका लागि नेपालले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैनः सांसद परियार

Next Post

जलवायुजन्य विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav