• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

प्रधानमन्त्रीको विदेश भ्रमणमा जलवायु न्याय र रसुवाको बाढीलाई उच्च प्राथमिकता दिन नेकपाको आग्रह

रिजन ढकाल by रिजन ढकाल
५ आश्विन २०८३, सोमबार
A A
प्रधानमन्त्रीको विदेश भ्रमणमा जलवायु न्याय र रसुवाको बाढीलाई उच्च प्राथमिकता दिन नेकपाको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीकी नेतृ मदनकुमारी साहले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय क्षति र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको मुद्दा विश्व मञ्चमा सशक्त रूपमा उठाउन सरकारसँग माग गरेकी छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति र हिमाली क्षेत्रको सुरक्षालाई कूटनीतिक एजेण्डाको प्राथमिकतामा राख्न आग्रह गरेकी हुन्।

नेकपा नेतृ साहले भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र नहेरी जलवायु संकटको परिणामका रूपमा व्याख्या गर्नुपर्नेमा जोड दिइन्। विकसित राष्ट्रहरूले आफ्नो जिम्मेवारीबाट पन्छिन यस्ता विपद्लाई भूगर्भीय कारणसँग जोड्न सक्ने भन्दै उनले त्यसको कूटनीतिक खण्डन गर्न सरकारलाई सचेत गराइन्।

उनले नेपालले विगत तीन दशकदेखि जलवायु कूटनीतिमा निर्वाह गर्दै आएको भूमिकाको स्मरण गराइन्। सन् १९९२ को यूएनएफसीसीसी महासन्धिदेखि हालसम्मका विभिन्न कोप सम्मेलन र संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरूले उठाउँदै आएको अडानलाई संस्थागत गर्दै अघि बढ्न उनले सुझाव दिइन्।

साहले भनिन्, ‘हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य छ, तर हामीले अत्यधिक मूल्य चुकाइरहेका छौँ। यो जलवायु अन्याय हो। हाम्रो माग केवल हिमाल बचाऊ भन्ने भावनात्मक अपिलमा मात्र सीमित हुनु हुँदैन। हिमाली मुलुकका लागि छुट्टै जलवायु वित्त, प्रविधि हस्तान्तरण र पूर्वसूचना प्रणालीको ग्यारेन्टी आवश्यक छ।’

साहले रसुवाको भोटेकोशी बाढीको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दाबी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन्। प्रकृतिको अति दोहनले निम्त्याएको विनाशलाई विश्व समुदायसमक्ष गम्भीर प्रश्नका रूपमा उठाउन सकेमात्र नेपालले न्याय पाउन सक्ने उनको भनाइ थियो।

Previous Post

सरकार राष्ट्रिय मुद्दामा गम्भीर भएन, संघीयताप्रति प्रतिवद्धता शंकास्पद छः सांसद ढुंगाना

Next Post

बाढीपछिको उद्धारमा सरकार ‘अपरिपक्व’ र ‘गैरजिम्मेवार’–नेकपा एमाले

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In