• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने

रिजन खड्का by रिजन खड्का
६ अशोज, २०८३
A A
धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने
0
SHARES
0
VIEWS

नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको एउटा विद्यालयमा पाँच करोड रुपैयाँ बराबरको शैक्षिक सहयोग गरेका छन्।

धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयमा उनले भवन निर्माण र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गरी उक्त रकम सहयोग गरेका हुन्। उनले विद्यालयको नाम आफ्ना हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको नाममा परिवर्तन गराउने गरी सम्झौता समेत गरेका छन्।

सम्झौताअनुसार विद्यालयको नाम अब ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिनेछ। विद्यालयको नाम परिवर्तनसँगै डा. शर्माले विद्यालयको विकासका लागि तीन करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि गरेका छन्।

उनले विद्यालयको नाम परिवर्तनका लागि २०८२ पुस २३ गते विद्यालय व्यवस्थापन समितिमा निवेदन दिएका थिए। आवश्यक प्रक्रिया पूरा भएपछि सोमबार पाख्रीबास नगरपालिका र शर्माबीच नाम परिवर्तनसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार विद्यालयको नाम परिवर्तनका लागि आवश्यक तीन करोड रुपैयाँ शर्माले हस्तान्तरण समेत गरेका छन्। त्यसैगरी, काठमाडौं मेडिकल कलेज (केएमसी) मार्फत सोही विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि भएको छ।

सम्झौतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। छात्रवृत्तिमा केएमसीमा अध्यापन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रमको अध्ययन शुल्क समेटिनेछ।

डा. शर्माले आफ्ना पुर्खाको नाम विद्यालयसँग जोड्ने कार्यसँगै शिक्षा र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने उद्देश्य रहेको बताएका छन्। शर्माले मोरङ, धनकुटासँगै अब हुम्लामा पनि विद्यालयमा सहयोग गर्ने जानकारी दिएका छन्। हुम्लाको चङ्खेलीमा रहेको विद्यालयमा सहयोग गर्ने गरी प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ।

उनले धनकुटाका बासीलाई केएमसी अस्पतालमा निःशुल्क उपचारका लागि १ सय वटा कोटा छुट्याएको पनि घोषणा गरेका छन्।

उनले भने, ‘यो स्कुलको भवन निर्माणको लागि गरेको सहयोग धनराशीको रूपले हेर्नुहुन्छ भने ठूलो होइन। तर अब मनकै रूपले हेर्ने हो भने लोभ त सबैलाई लाग्छ नि। पैसा हो, अब दुःखै गरेर मेहनत गरेर कमाएको हुन्छ। अब सामान्य रूपमा नेपाली व्यापारीहरू सबैलाई ऋणै हुन्छ, धेरैजसोले यहाँ दिएको पनि होइन। तर यो माटोसँग हाम्रो सेन्टिमेन्ट, हाम्रो सम्बन्ध, हाम्रा भावनाहरू जसरी जोडिएका छन् त्यसको कुनै मूल्य हुँदैन। त्यो अपार छ, त्यसकारणले यो माटोसँग हाम्रो सामीप्यता ५ करोड रुपैयाँ दिएर हामीले तिर्न खोज्यौँ भने त्यो अधुरो हुन्छ, पूरा हुँदैन।’

उनले थपे, ‘हामीले अझै धेरै गर्नु छ र हामी गर्न पनि चाहन्छौँ। हामीले यो पहिलो स्कुल बनाएको होइन। म आफू पढेको प्राइमरी स्कुल मोरङको क्षेत्र नम्बर २ मा पनि एउटा स्कुलको ठूलो भवन निर्माण गरिरहेका छौँ, जहाँ मेरो बुबा र आमाको नाम जोडेका छौँ। समाजका लब्धप्रतिष्ठित मान्छेहरू बसेर हामीलाई त्यो गरिदिनुभयो।’

‘यो चुङमाङ दोस्रो स्कुल हो। मैले हुम्लाको चङ्खेलीमा एउटा प्रस्ताव दिएको छु। अब बुबाआमाको भयो, जिजुबा र हजुरबाको पनि भयो, अब म र मेरो श्रीमती पनि बाँच्दैखेरि आफ्नो नाम किन नराख्ने भनेर चङ्खेलीमा एउटा प्रस्ताव दिएको छु। पास भयो भने हामी त्यहाँ बनाउन जान्छौँ।’

उनले भने, ‘अब हामीले नोबेल अस्पतालमा उपचार हुने बिरामीको उपचारका लागि केएमसीमा निःशुल्क गर्न १०० जनाको कोटा धनकुटा क्षेत्रलाई दिएका छौँ। ५० प्रतिशत अनलिमिटेड कोटा दिएका छौँ। ५० प्रतिशतमा जति गए पनि भयो। १–२ हजार मान्छे गए पनि भयो। तर शतप्रतिशत चाहिँ जो साँच्चिकै धनकुटामा घर भएको, एउटा सामान्य झुपडीमा बस्ने, दुई छाक भातको निम्ति सङ्घर्ष गर्ने, कुनै पनि गरिब पैसा नभएको कारणले ‘तपाईंहरूलाई मर्न आँट्यो’ भन्ने लाग्छ भने हामीलाई सम्झिनुस्, १०० वटा कोटामा हामी निःशुल्क रूपमा उपचार गरेर घर पठाइदिन्छौँ।’

शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको नाम आफ्ना बुबाआमाको नाममा परिवर्तन गर्न दुई करोड रुपैयाँ सहयोग गरेका थिए। सहयोगपछि विद्यालयको नाम ‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको थियो।

Previous Post

महिला टिम काताको पदक भिडन्तमा नेपाल असफल

Next Post

सुडानमा खजुरको सिजन शुरुः द्वन्द्व र आर्थिक संकटले किसानको उत्साहमा ब्रेक

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav