• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

त्रिपुरेश्वर बस आगलागी घटनाः न्यायिक छानबिनको माग गर्दै नेकपाद्वारा संसदमा सरकारको आलोचना

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
त्रिपुरेश्वर बस आगलागी घटनाः न्यायिक छानबिनको माग गर्दै नेकपाद्वारा संसदमा सरकारको आलोचना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले मंगलबारको संसद् बैठकमा बोल्दै घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेका छन् ।

सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गरे । उनले घटना हुनुअघि नै चालकले आफूलाई दबाब बढेको र आफ्नो ज्यान जोखिममा रहेको चेतावनी दिएको भए पनि राज्य संयन्त्र रमिते बनेर बसेको आरोप लगाए ।

उनले केही महिनाअघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको मृत्युको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाए ।

उनले भने, ‘हिजो त्रिपुरेश्वरमा ट्राफिक प्रहरी र सार्वजनिक बसका चालक अर्जुन दोङबीच विवाद भएपछि सोही बसमा आगलागी भयो र आज उहाँको दुःखद् निधन भएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । यो घटना केवल एक चालकको आवेगको विषय होइन, यसले श्रमिक र नियमनकारी निकायबीचको सम्बन्ध तथा राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ ।

चालकले आफू दबाबमा रहेको चेतावनी दिँदा राज्यले समयमै संवेदनशीलता देखाएको भए यस्तो दुःखद् अवस्था आउँथ्यो कि आउँदैनथ्यो भन्ने प्रश्न उठेको छ । त्यसैले सरकारलाई नियमनकारी निकायलाई मर्यादित, अनुशासित र नागरिकमैत्री बनाउन आग्रह गर्दछु । चालक तथा सहचालकको सामाजिक सुरक्षाको सुनिश्चितता गरियोस् । साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन अविलम्ब उच्चस्तरीय छानबिन गरी दोषी देखिएमा कानुनबमोजिम कारबाही गरियोस् ।’

सांसद दुलालले सडकमा रहेका लाखौँ श्रमिक र चालकहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै राज्यले उनीहरूको सुरक्षा र सामाजिक सुरक्षा कोषको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी हालको झन्झटिलो र अव्यावहारिक कानुनी प्रावधान सच्याउनुपर्ने माग गरे । साथै, सरकारले अविलम्ब उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे ।

Previous Post

रसुवा बाढी प्रभावित बालबालिकाको अवस्था जटिल छ, दीर्घकालीन व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छः सभापति शेरचन

Next Post

त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In