• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सुर्खेतमा श्रीमतीको हत्या र दुई छोरी घाइते घटनाप्रति सरकारको ध्यानाकर्षण

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
सुर्खेतमा श्रीमतीको हत्या र दुई छोरी घाइते घटनाप्रति सरकारको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेतको चौकुने गाउँपालिका–६ मा मदिराको झोकमा श्रीमतीको हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभामा चासो व्यक्त गरिएको छ।

बुधवारको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले श्रीमानद्वारा श्रीमतीको हत्या र दुई छोरी गम्भीर घाइते भएको घटनाले आफूलाई मर्माहित बनाएको बताएकी छन्। उनले पीडित परिवारको न्याय र घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

सांसद विकले संसदमा जानकारी गराएअनुसार सुर्खेतका गोपीराम जैसीले मदिरा सेवनका लागि पैसा नपाएको निहुँमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको फरुवा प्रहार गरी हत्या गरेका हुन्। उक्त आक्रमणमा परी दम्पतीका दुई छोरीहरू गम्भीर घाइते भएका छन् भने एक छोरा भने ज्यान जोगाउन सफल भएका छन्।

स्थानीय प्रहरीले समयमै उद्धार गरेका कारण बालिकाको ज्यान जोगिए पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सांसद विकले महिलामाथि भइरहेको हिंसा र असुरक्षाका श्रृङ्खलाप्रति आक्रोश पोखिन्।

उनले भनिन्, ‘कहिले हस्पिटलमा पैसा तिर्न नसकेर सडकमा बच्चा जन्माउनुपर्ने त कहिले श्रीमानको इच्छा पूरा गर्न नसक्दा जिउँदै जल्नुपर्ने अवस्था कहिलेसम्म ? महिलाहरूले यस्तो यातना भोग्नु परेको कहिलेसम्म हो ? बाटोमा लर्बरिएर हिँड्ने मातेका मानिसलाई कारबाही गर्ने प्रक्रिया शुरु गरिनुपर्छ, समाजलाई असुरक्षित बनाउने यस्ता प्रवृत्ति रोक्न सरकारले सक्रियता देखाउनुपर्छ।’

उनले गाउँघरमा सहजै उपलब्ध हुने घरेलु मदिरा र लागुऔषधको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिइन्। केवल ठूला ब्राण्डका मदिरामा मात्र केन्द्रित नभई गाउँबस्तीमा पाइने घरेलु जाँडरक्सीको निर्वाध बिक्री र सेवन नै अपराधको मुख्य कारण बनेको उनको तर्क छ।

उनले घाइते दुई बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको तर्फबाट उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन्। घटनाले सिङ्गो परिवार क्षतविक्षत भएको बताउँदै दोषीलाई हदैसम्मको कारबाही र पीडितलाई उचित न्याय दिलाउन सरकारलाई आग्रह गरिन्।

Previous Post

प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सभामुख अर्यालको सांसदहरूलाई निर्देशन

Next Post

एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी (तस्बिरहरु)

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In