• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

बाढी प्रभावित बालबालिका तथा जोखिममा रहेका वर्गको दीर्घकालीन संरक्षणमा सरकारः मन्त्री वादी

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
बाढी प्रभावित बालबालिका तथा जोखिममा रहेका वर्गको दीर्घकालीन संरक्षणमा सरकारः मन्त्री वादी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्यसहितको दीर्घकालीन संरक्षणको जिम्मा सरकारले लिने घोषणा गरेकी छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वादीले बाढीका कारण अभिभावक गुमाएका वा विस्थापित बालबालिकाका लागि १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गर्न मन्त्रालयले विशेष योजना अघि बढाएको जानकारी दिएकी छन् । संसद्लाई सम्बोधन गर्दै मन्त्री वादीले बाढी प्रभावित क्षेत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।

उहाँले बाढीका कारण अभिभावक गुमाएका वा प्रभावित ५ वर्गका बालबालिकाको पहिचान गरी उनीहरूको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने स्पष्ट पारेकी छन् । यस परियोजनाका लागि एमआइटी ग्रुप फाउन्डेसनसँग ५७ करोड ८५ लाख रुपैयाँको समझदारी भएको र बालकोषबाट ७ करोड रुपैयाँ तत्काल परिचालन गरिएको जानकारी दिएकी छन् ।

मन्त्री वादीले विपद्का समयमा बालबालिकाको ओसारपसार र स्थानान्तरणमाथि कडा निगरानी राखिएको बताएकी छन् । उहाँले राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहको सिफारिसविना गरिने बालबालिकाको ओसारपसार गैरकानुनी हुने चेतावनी दिएकी छन् ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि धादिङ, नुवाकोट र रसुवामा विशेष हेरचाह केन्द्र निर्माण गरिने र हालसम्म १४४ जना अपाङ्गता भएका व्यक्ति प्रभावित भएको तथ्यांक प्रस्तुत गरेकी छन् । साथै, सडक सञ्जाल अवरुद्ध भएका स्थानमा ११ जना सुत्केरी र गर्भवती महिलाको हवाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको र नुवाकोट तथा धादिङमा महिलामैत्री सुरक्षित स्थलहरू स्थापना गरिएको बताएकी छन् ।

विपद् प्रतिकार्यमा बाल हेल्पलाइन १०९८ र महिला हेल्पलाइनसहित मनोसामाजिक परामर्शकर्ताहरू परिचालन गरिएको मन्त्री वादीले बताएकी छन् । उहाँले विपद्का बेला सरकारी र गैरसरकारी निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

 

Previous Post

त्रिपुरेश्वर बस आगजनी घटनाबारे तत्काल छानबिन गर्न संसदीय समितिको निर्देशन

Next Post

विपद् प्रभावितको गोपनीयता र मर्यादा रक्षा गर्न मन्त्री वादीको अपिल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In