• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिँदो मौसमअनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड दिए ।

जलवायु विज्ञ दाहालले जुनसुकै मौसममा सुरक्षित रहने स्थान छनोट गरी ठूला पर्यटन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । मनसुनका समयमा हुने जोखिमलाई ध्यानमा राखेर पर्यटन क्षेत्रको पुनःपरिकल्पना गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले क्लाउडबर्स्ट, अत्यधिक वर्षा तथा नदीमा आउने बाढीजस्ता स्थानीय मौसमी घटनाको पूर्वानुमान र पूर्वतयारीलाई प्रभावकारी बनाउनुको विकल्प नरहेको पनि बताए ।

हिमालबाट बग्ने नदीका किनारमा रहेका बस्ती तथा पर्यटकीय क्षेत्रसमेत जोखिममा पर्न सक्ने भएकाले नयाँ सुरक्षा मापदण्ड र जोखिम क्षेत्रको पुनःरेखांकन आवश्यक रहेको उनले बताए । परम्परागत पूर्वतयारीले चरम जलवायुजन्य विपद्को सामना गर्न नसक्ने उनको भनाइ छ ।

उनले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई मध्यपहाड र तराईमा समेत देखिएकाले पर्यटन योजना निर्माण गर्दा सबै भौगोलिक क्षेत्रका जोखिमलाई समेट्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब सुरक्षित पर्यटन गन्तव्यहरूलाई परिभाषित गर्दाखेरी दुईवटा कुरामा विचार गर्नुपर्ने छ । एउटा, ठूला पूर्वाधारहरूको विकासका लागि सुरक्षित हुने स्थल खोज्नुपर्‍यो । जुनसुकै मौसममा समेत सुरक्षित राख्न पाइयोस् । धेरैजसो सुरक्षित यो चार महिनाको बर्खा बाहेक अरू बेला त तिनै ठाउँहरू अति सुन्दर र आकर्षक हुन सक्छन् नि । त्यसैले यो एक किसिमको गतिशील सुरक्षाको मापदण्डलाई हामीले अपनाउनुपर्ने हुन्छ । अर्को, मौसम प्रणालीहरू बदलिए पनि त्यसको पूर्वानुमान क्षमताहरू बढिसकेकाले हिजोको जस्तो अन्योलमा अहिले अवस्था छैन । त्यसलाई स्थानीय घटनाहरू, त्यो क्लाउडबर्स्टहरू हुन्छ नि, कुनै सीमित ठाउँमा एकदमै ठूलो वर्षा हुने तर वरिपरि धेरै ठाउँमा पानी नपर्ने । त्यस्तो क्षेत्रमा भने पूर्वतयारी गर्नुपर्ने आवश्यकता छ । नेपालको मनसुनको पर्यटनलाई अलिकति पुनःपरिकल्पना गर्नैपर्छ । हामीले भएकै बस्तीहरूलाई पनि कसरी सुरक्षित राख्ने भन्ने कुरामा नयाँ मापदण्ड बनाएर लागू गर्न कोसिस गर्नुपर्छ । नत्रभने परम्परागत तरिकाको सुरक्षाले अब धान्न सक्ने अवस्था छैन । अब नदी किनारमा, समुद्र किनारमा चाहिँ पर्यटकीय क्षेत्र विकास भएको छ, त्यो देखेर नेपालका पनि हिमालबाट बगेर आउने नदीको किनारमा बसेका बस्तीहरूलाई निश्चित रूपमा खतरा बढेको छ भन्नलाई हामीले भन्न सक्छौँ । त्यसैले यो स्थायी हाम्रो सुरक्षाको नयाँ मापदण्ड, नयाँ रेखांकन नगरी हुँदैन ।’

जलवायुसम्बन्धी उपलब्ध सूचना, ज्ञान र वैज्ञानिक पूर्वानुमान क्षमताको उपयोग गरी पर्यटन क्षेत्रलाई सुरक्षित बनाउनतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

Previous Post

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता

Next Post

भोटेकोशी–त्रिशूली बाढीः वागमती प्रदेशको पयर्टन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In