• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 3, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

अविरल वर्षा र बाढी–पहिरोको वितण्डाः राष्ट्रिय सभामा सांसदहरूको गम्भीर ध्यानाकर्षण

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
अविरल वर्षा र बाढी–पहिरोको वितण्डाः राष्ट्रिय सभामा सांसदहरूको गम्भीर ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

असोज ८ गतेदेखि परेको वर्षाका कारण पाल्पा, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा सडक सञ्जाल अवरुद्ध हुनुका साथै जनजीवन कष्टकर बनेको भन्दै सांसदहरूले तत्काल राहत, उद्धार तथा पुनर्निर्माणको काम अघि बढाउन माग गरेका हुन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरे।

सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पा जिल्लाको अवस्थाबारे जानकारी दिँदै १० वटै स्थानीय तहमा सडक अवरुद्ध भएको तथा दर्जनौँ घर पुरिँदा मानवीय क्षति भएको बताइन्।

उनले विशेषगरी कालीगण्डकी नदीको कटान तथा केलादी, राम्दीलगायतका प्रमुख पुल बगाउँदा यातायात र जनजीवन पूर्ण रूपमा प्रभावित भएको जानकारी दिइन्।

सांसद सम्झना देवकोटाले मनाङ, मुस्ताङ तथा मर्स्याङ्दी नदी तटीय क्षेत्रको अवस्थाबारे चर्चा गर्दै २१ जनाभन्दा बढीको मृत्यु भएको तथा सयौँ परिवार विस्थापित भएको तथ्यांक प्रस्तुत गरिन्।

उनले सरकारले पूर्वसूचना जारी गरे पनि बाढीको असर अपेक्षा नगरिएका स्थानसम्म पुगेको बताइन्। आगामी चाडपर्वमा खाद्यान्न तथा स्वास्थ्य संकटको जोखिम बढ्दै गएको उनले बताइन्।

मर्स्याङ्दी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न तथा पर्वतारोहीहरूको उद्धारमा तदारुकता देखाउन उनले सरकारसँग माग गरिन्।

सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि पछिल्लो अविरल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाइन्।

उनले राहत सामग्री गोदाममै कुहिने तर पीडितले नपाउने अवस्था दुःखद् भएको बताउँदै तत्काल शिक्षा तथा स्वास्थ्यको अस्थायी व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। यस्तो व्यवस्था हुन नसके बालबालिकाको भविष्य प्रभावित हुने उनले बताइन्।

मधेस प्रदेशमा समेत खाद्य तथा जलसंकटको जोखिम बढेको भन्दै उनले दिगो पुनर्निर्माणको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसदहरूले राजमार्गहरू शीघ्र सञ्चालनमा ल्याउन तथा विपद् व्यवस्थापनका लागि सरकारको पूर्वतयारी पर्याप्त नभएको भन्दै दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

Previous Post

विज्ञहरु भन्छन्, ‘विपद्को पूर्वसूचनाका लागी कानूनी प्रोटोकल निर्माण गर्न आवश्यक’

Next Post

हिमालमा जलवायु संकटः संसदीय विशेष समितिको सभापति चयन असोज १४ मा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In