• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 5, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै, पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै, पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने क्रुज सिपलाई क्रेनको सहयताले निकाल्ने प्रयास भइरहेको बताए । उहाँकाअनुसार ७० टन तौल रहेको क्रुज सिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको बताए । अबको केही घण्टामा क्रुज निकाल्न सकिने उहाँको भनाइ छ । उहाँले क्रुजसम्म पुग्नको लागि ट्र्याक खोलिसकेको जानकारी दिए । झन्डैं १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।
उहाँले भन्नुभयो, ‘यही असोज ९, १० र ११ गतेसम्म परेको अविरण वर्षाको कारण गण्डकी बेसिनमा पानीको वहाव बढी भयो । नारायणी नदी खतराको तहभन्दा निकै माथि पुगेको थियो । त्यहीबीचमा त्यहाँ सञ्चालन भइराखेको क्रुज बगाएको हो । क्रुज बगाइसकेपछि त्यसले पनि असर पार्यो । पुलको दायाँ किनारातर्फ रहेको अन्तिम पेयर र एबटमेन्टको बीचमा गएर त्यो अड्किएको छ । यस्तो हुन्छ भनेर हामीले सोचेका थिएनौँ । त्यहा क्रुजलाई अलि सुरक्षित हिसाबले राख्नुपथ्र्यो । तर त्यसो गरिएन । हामीले हिजो बेलुकादेखि नै तीन ठाउँबाट क्रेनहरु मगायौँ । दुई वटा बुटवल–नारायणघाट सडकमा भएको कन्ट्र्याक्टरको क्रेन र एउटा चाहिँ त्रिशूलीमा रहेको हाइड्रोपावरको क्रेन जुन ८० टन क्यापासिटीको छ । त्यो मगाएर हिजो बेलुकादेखि नै हामीले काम गरिरहेका छौँ । हामीले त्यो ठाउँसम्म पुग्नको लागि ट्रयाक खोलिसक्यौँ । सडक विभागले नै त्यो ट्रयाक खोल्ने काम गरिरहेको छ । हामी जिल्ला प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी सबैसँग समन्वय गरेर काम गरिरहेका छौँ । अहिले त्यसलाई हटाउनको लागि हाम्रो टोली तयारी अवस्थामा रहेको छ । विभागकै एकजना इन्जिनियर टोलीको नेतृच्व गरिरहेको छ । सोमवार दिउँसोम्म हामी त्यो क्रुज हटाइसकेका हुन्छौँ ।’

पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी

उहाँले पृथ्वीराजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । राजमार्गको विभिन्न स्थानमा गएको पहिरो हटाइसकिएको र कृष्णभीरसमेत खुलिसकेको भन्दै साँझ राजमार्ग सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको उहाँको भनाइ छ । अहिले कृष्णभीरमा रहेको बोल्डर हटाउने कार्य भइरहेको उहाँले बताए । उहाँले वर्षाको कारण अन्य राजमार्ग र पुलमा पुगेको क्षतिको विवरण संकलनको कार्य भइरहेको समेत बताए । उहाँले सडक विभागले सरकारी तथा निजी क्षेत्रबाट समेत मेसिन भाडामा लिएर सडक तथा राजमार्ग खुलाउने कार्य गरिरहेको बताए ।
उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा राजमार्ग भत्किएको र पुलहरु बगाएको कुरा आएको छ । हामीले अहिले बुझ्ने, जानकारी लिने कार्य गरिरहेका छौँ । पोखराबाट हेभी इक्विपमेन्ट डिभिजनबाट मेसिनहरु मोबिलाइज भइसकेका छन् । राजमार्गहरु ठ्याक्कै यति दिनमा खुल्छन् भनेर भन्न सक्ने अवस्था छैन । तर हामीले सरकारी सबै तथा निजी क्षेत्रसँग मेसिन भाडामा लिएर पनि काम शुरु गरिसकेको अवस्था छ । मालढुङ्गाको पुललाई पनि मर्मत गरेर चलाउने तयारी गरिरहेका छौँ । त्यसको मर्मतको लागि हिजो नै त्यहाँ मेसिनहरु पुगिसकेको अवस्था छ । पृथ्वीराजमार्ग आज साँझसम्म खोल्ने तयारीमा छौँ ।’
उहाँले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल समेत तत्काल सुचारु गर्नेगरी काम भइरहेको बताए ।

Previous Post

आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको नियमन गर्न सरकारले ल्यायो नयाँ विधेयक

Next Post

सरकार ‘जंगली राज’ शैलीमा गयोः सांसद मल्ल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In