काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा पछिल्लो समय बाढी तथा पहिरोका कारण भएको क्षतिको अवस्था, प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धारसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
यसका साथै सरकारका नियमित प्रशासनिक कामकारबाही तथा समसामयिक विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकले छलफलका क्रममा आवश्यक निर्णय तथा सरकारी निकायलाई थप प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा समेत निर्णय लिन सक्नेछ।
