नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार संघीय संसद् सचिवालयमा बस्ने भएको छ।
सिंहदरबारस्थित सचिवालयमा बिहान ११ः३० बजे तय गरिएको बैठकमा समूहको कार्यक्षमता र आगामी गतिविधिका विषयमा छलफल हुने बताइएको छ।
मैत्री समूहका संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा नेपाल र क्यानडाबीचको संसदीय सम्बन्धलाई थप प्रभावकारी बनाउने उपायबारे पनि छलफल हुनेछ।
यसका साथै दुई देशबीचको आपसी हित, संसदीय सहकार्य तथा अन्य समसामयिक विषयहरू बैठकको छलफलमा समेटिनेछन्।
