• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा असोज ८ देखि ११ गतेको भीषण बाढीले बागलुङमा मात्र १३ जनाको ज्यान गएको छ भने भौतिक संरचना ध्वस्त हुँदा हजारौँ नागरिक आधारभूत सेवाबाट वञ्चित भएका छन् । संसदको शून्य समयमा बोल्दै सांसद शर्माले प्राकृतिक विपत्तिबाट बागलुङ र म्याग्दीका विभिन्न पालिका नराम्ररी प्रभावित भएको बताइन् । विशेषगरी ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोट क्षेत्रमा बाढी र हावाहुरीले भौतिक संरचना पूर्ण रूपमा क्षति पु¥याएको छ । उनका अनुसार सयौँ घर, गोठ र खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।

विपत्तिपछि पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत्, खानेपानी र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छन् । सञ्चार सम्पर्क टुटेका कारण धेरै स्थान अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको सांसद शर्माले जानकारी दिएकी छन् । स्थानीयस्तरमा दैनिक उपभोग्य वस्तुको अभाव चुलिएकाले जनजीवन कष्टकर बनेको छ ।

सांसद शर्माले भनिन्, ‘मध्यपहाडी लोकमार्गको लाइफलाइन मानिने मालढुंगाको पुलसमेत क्षतिग्रस्त छ। यातायात सञ्चालन गर्न नसक्दा राहत सामग्री पु¥याउन सकस भइरहेको छ ।’

उनले सरकारले भोटेकोशी बाढीको समयमा उपलब्ध गराएको जस्तै राहत प्याकेज बागलुङका लागि पनि घोषणा गर्नुपर्नेमा जोड दिएकी छन् । तत्काल सडक र सञ्चार पुनर्स्थापना गर्दै प्रभावितलाई राहत उपलब्ध गराउन उनले सरकारसँग माग गरेकी छन् ।

Previous Post

प्रतिनिधि सभामा उठे तीन गम्भीर सवालः हिमालमा बेपत्ताको खोजीदेखि पोल्याण्डका श्रमिकको पीडा र आत्मदाह प्रकरणमा ध्यानाकर्षण

Next Post

काठमाडौं उपत्यकामा मात्र इण्डक्सन चुलो चलाउन ३ हजार मेगावाट अतिरिक्त विद्युत चाहिने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In