• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

अरब सागरमा भारु तीन हजार करोडको लागूऔषध बरामद, पाँच पाकिस्तानी नागरिक पक्राउ

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
अरब सागरमा भारु तीन हजार करोडको लागूऔषध बरामद, पाँच पाकिस्तानी नागरिक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, १४ असोज । अरब सागरमा भारतीय तटरक्षक बलले लागूऔषधविरुद्ध ठूलो कारबाही गर्दै अन्तर्राष्ट्रिय बजारमा करिब ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी मूल्य पर्ने लागूऔषध बरामद गरेको छ।

भारतीय तटरक्षक बलले गुजरातको आतंकवाद निरोधी दस्ता (एटीएस) सँगको समन्वयमा लक्षद्वीपको पश्चिमी क्षेत्रमा पर्ने अरब सागरमा लागूऔषध तस्करीको ठूलो प्रयास विफल बनाएको हो।

खुफिया सूचनाका आधारमा समुद्री तथा हवाई निगरानी बढाएको तटरक्षक बलले लगातार पछ्याउँदै २५ सेप्टेम्बर २०२६ मा एउटा संदिग्ध इरानी धौ (नौका) रोकेको थियो। त्यस क्रममा नौकामा लुकाएर राखिएको करिब ५२६ किलो उच्च गुणस्तरको लागूऔषध बरामद गरिएको भारतीय पक्षले जनाएको छ।

बरामद लागूऔषधमा हेरोइन र मेथामफेटामाइन रहेको बताइएको छ। यसको अन्तर्राष्ट्रिय बजार मूल्य ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी रहेको दाबी गरिएको छ।

कारबाहीका क्रममा उक्त नौका सञ्चालन गरिरहेका पाँच पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ। उनीहरूको सम्बन्ध अन्तर्राष्ट्रिय लागूऔषध तथा ‘नार्को–टेररिज्म’ सञ्जालसँग रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको जनाइएको छ।

भारतीय तटरक्षक बलका अनुसार यो कारबाहीले समुद्री मार्ग हुँदै हुने अन्तर्राष्ट्रिय लागूऔषध तस्करी रोक्न महत्वपूर्ण सफलता प्राप्त भएको छ। पक्राउ परेकाहरू र बरामद लागूऔषधबारे थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ।

Previous Post

विधेयक पारित गर्ने प्रक्रिया ‘म्याराथन’ जस्तो भयो, कानून निर्माणको गुणस्तर खस्कियो– रिमा विश्वकर्मा

Next Post

बाबुरामको नजरमा बालेन सरकारको ६ महिना : आशंकासहितको आशा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In