• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बाढीले क्षतिग्रस्त दूरसञ्चार पूर्वाधार पुनर्निर्माण तिब्रः मन्त्री तिमिल्सिना

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
सञ्चार मन्त्रीको दाबीः विज्ञापन नीति सञ्चारमाध्यमलाई नियन्त्रण गर्न होइन, आत्मनिर्भर बनाउन ल्याइएको हो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत कार्य तीव्रताका साथ अघि बढाइएको बताएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको बताएका हुन्। उनले बाढीबाट प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई प्राथमिकताका साथ पुनर्स्थापना गरिएको बताए।

उनका अनुसार भोटेकोशी बाढीबाट नेपाल टेलिकमका तीनवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। तीमध्ये प्रभावित साइटहरूमा वैकल्पिक टावरको व्यवस्था गरी सञ्चार सेवा अवरुद्ध हुन नदिइएको उनले बताए। हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरी रसुवागढी क्षेत्रमा सोलार प्रणालीसहितको टावर सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिए।

त्यस्तै, पछिल्लो बाढीले गण्डकी प्रदेशका ११ जिल्लामा कुल २९१ वटा साइटमा क्षति पुर्‍याएकोमा हालसम्म २४६ वटा साइट सञ्चालनमा आइसकेका छन्। बाँकी ४५ वटा साइटमा विद्युत् आपूर्ति सुचारु हुनेबित्तिकै सेवा सञ्चालनमा आउने मन्त्री तिमिल्सिनाले बताए। यसका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली तथा जेनेरेटर परिचालन गरिएको उनले जानकारी दिए।

दूरसञ्चार सेवासँगै फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा पुगेको क्षतिको पनि क्रमशः मर्मत भइरहेको उनले बताए। कतिपय स्थानमा फाइबर काटिएपछि वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधिमार्फत सञ्चार सेवा सञ्चालन गरिएको उनको भनाइ छ।

Previous Post

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकः न्यायमा वैज्ञानिक आधार र गोपनीयताको प्रश्न

Next Post

प्रतिनिधि सभाबाट तीन महत्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In