• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्। उनले हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार परिष्कृत गर्दै लैजान आवश्यक रहेको बताए। सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पुर्‍याउने तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्त्व बढेको उनको भनाइ छ। उनले हुलाक सेवामा रहेका समस्याहरूलाई समाधान गर्दै जाने बताए। बजेट र प्रविधिसम्बन्धी सीमितताका कारण एकैपटक सबै क्षेत्रमा सुधार गर्न सम्भव नभए पनि क्रमशः उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर सेवालाई सहज बनाउनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हाम्रो जुन हुलाक प्रणाली ऐतिहासिक छ, यसका आफ्नै क्षमता र कमजोरीहरू होलान्। एक किसिमले चलिरहेको हुलाकलाई नयाँ सरकार आएर सरकारी कुरियर सेवाको रूपमा काम गर्नुपर्छ भनेर लागेको छ, यसमा तपाईंहरूले काम गरिराख्नुभएको छ। रातारात सबै सुधार हुँदैन, तर सुधार हुँदै गएको छ। सरकारले घोषणा गरेको कार्यक्रमअन्तर्गत घरघरमा पासपोर्टहरू पुगेका छन्। अन्य सामग्रीहरू पनि डेलिभरी हुन थालेका छन्। यसले हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले आजसम्म नगरेका थप थुप्रै काम गर्न सक्दोरहेछ भन्ने खालको सन्देश जनमानससम्म जान थालेको छ, त्यो सकारात्मक कुरा हो। जतिसुकै शक्तिशाली, आधुनिक देशहरूमा पनि हुलाक खारेज भएको छैन। हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, कामको प्रकृति फरक भएको होला, तर हुलाक खारेज भएको छैन भने हाम्रो देशमा हुने कुरै भएन। आगामी दिनमा हामी सबैको मेहनतले हुलाकलाई अझ उठाउनुपर्छ। हामी हाम्रा कमजोरीहरूमा टेकेर नै उठ्ने हो, हाम्रो क्षमता पनि सीमित छ। त्यो एकैचोटि धेरै कुरा आर्थिक रूपमा पनि गर्न सकिँदैन। त्यो बजेटको कुरा होस् अथवा प्रविधिको कुरा होस्, तर हामी सही बाटोमा लाग्नुपर्‍यो। शतप्रतिशत दिनुपर्‍यो, हुलाकको क्षमता अभिवृद्धिका लागि, हुलाकलाई माथि उठाउनका लागि मन्त्रालय र समग्र सरकार एकदमै सकारात्मक छ। हुलाकलाई जनताको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा विकास गर्न सरकार तयार छ, प्रतिबद्ध छ।’

हुलाक सेवालाई प्रभावकारी बनाउन कर्मचारीदेखि नेतृत्व तहसम्म सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ। संस्थाको सुधारमा मन्त्रालय र समग्र सरकार सकारात्मक रहेको उनले बताए। उनले हुलाकलाई आवश्यक सवारीसाधन खरिद प्रक्रिया अगाडि बढाउने पनि जानकारी दिए। साथै, हुलाकमा रहेका अतिरिक्त कर्मचारीका बारेमा आवश्यक निर्णय गर्ने उनको भनाइ छ। उनले आगामी दिनमा हुलाक सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने गरी अध्ययन गर्ने बताए।

Previous Post

खगेन्द्र सुनारमाथि रास्वपाले होइन, राज्यका निकायले छानबिन गर्नुपर्छ : एमाले

Next Post

ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In