• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रश्ताव पारित हुनु ऐतिहासिकः महासचिव पाण्डे

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रश्ताव पारित हुनु ऐतिहासिकः महासचिव पाण्डे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको आपत्कालीन प्रस्ताव पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

महासभामा सहभागी भएर फर्किने क्रममा मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले ऐतिहासिक सफलता पाएको बताए। नेपालले आईपीयूमा सभामुख डोलप्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गरेको जलवायु विपद् उत्थानसम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतले पारित भएको उनले बताए। उनका अनुसार महासभामा नेपालसहित बहराइन र इरानले आपत्कालीन प्रस्ताव प्रस्तुत गरेका थिए। तीमध्ये नेपालको प्रस्ताव मात्रै दुई तिहाइ मतसहित पारित भएको हो।

नेपालले प्रस्तुत गरेको प्रस्तावमा जलवायुजन्य विपद् तथा हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रमा बढ्दो चुनौती सम्बोधन गर्ने विषय समेटिएको महासचिव पाण्डेयले बताए। महासभामा सभामुख अर्यालले सुशासन, समावेशी शासन प्रणाली, संस्थागत जवाफदेहिता, नागरिकको विश्वास अभिवृद्धि र सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसद्को भूमिका महत्त्वपूर्ण रहेको धारणा राखेका थिए।

उनले भने, ‘महासभाको जनरल डिबेटअन्तर्गत ‘समावेशिता, विश्वास र सबैका लागि अवसरहरूमार्फत सुशासनको सदुपयोग तथा समुदायहरूको सशक्तीकरण’ विषयमा धारणा राख्दै सुशासन, समावेशी शासन प्रणाली, संस्थागत जवाफदेहिता, नागरिकको विश्वास अभिवृद्धि तथा सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए।

त्यसैगरी, सम्माननीय सभामुखले नेपालको तर्फबाट प्रस्तुत गरेको ‘हिमालय क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायुसम्बन्धी विपद्हरूको सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्कालीन संसदीय पहल’ विषयक प्रस्ताव दुई तिहाइ मतसहित महासभाको आकस्मिक कार्यसूची (इमर्जेन्सी एजेन्डा) मा समावेश भएको थियो। उक्त प्रस्तावमाथि महासभामा छलफलसमेत भएको थियो। यसलाई नेपालको ऐतिहासिक सफलताका रूपमा लिन सकिन्छ। किनभने, अन्तरव्यवस्थापिका सङ्घको महासभामा नेपालले यसअघि आकस्मिक प्रस्ताव प्रस्तुत गरेको थिएन। पहिलोपटक प्रस्ताव प्रस्तुत गर्दा नै विश्वभरका संसद्हरूको दुई तिहाइ समर्थन प्राप्त हुनु र उक्त प्रस्ताव महासभाको कार्यसूचीमा समावेश भई छलफलसमेत हुनु नेपालको संसदीय कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धि हो।

उक्त महासभामा बहराइन, इरान र नेपाल गरी तीनवटा आकस्मिक प्रस्ताव प्रस्तुत भएका थिए। तीमध्ये नेपालको प्रस्ताव दुई तिहाइ मतसहित पारित भएको थियो। उक्त प्रस्ताव मानवता, साझा उत्तरदायित्व र साझा प्रतिबद्धताको अभिव्यक्तिका रूपमा रहेको उल्लेख गर्दै सम्माननीय सभामुखले प्रस्तावको समर्थन गर्ने तथा छलफलमा सहभागी हुने राष्ट्रहरूप्रति संघीय संसद् र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरेका थिए।’

उनका अनुसार महासभाले समावेशी सामाजिक विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरण र जलवायु विपद् व्यवस्थापन तथा उत्थानशीलता अभिवृद्धिसम्बन्धी प्रस्तावसमेत पारित गरेको थियो। महासभामा नेपालका प्रतिनिधिमण्डलका सदस्यहरूले विभिन्न विषयगत बैठक तथा मञ्चमा नेपालको धारणा राखेको उनले जानकारी दिए।

सांसद रविनकुमार महतोले युवा सांसदहरूको मञ्चमा सहभागी हुँदै युवा नेतृत्व, संसदीय सहभागिता, लोकतान्त्रिक अभ्यास र दिगो विकासका विषयमा विचार प्रस्तुत गरेका थिए भने सांसद झक्कुप्रसाद सुवेदीले एसिया–प्रशान्त भू–राजनीतिक समूह (एपीजी) का बैठकमा सहभागिता जनाएका थिए। सांसद डा. अञ्जान शाक्यले दिगो विकास स्थायी समितिको ब्युरो बैठकमा प्रतिवेदकको भूमिका निर्वाह गर्दै दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म संरक्षण तथा पुनर्स्थापनासम्बन्धी लक्ष्य हासिल गर्ने विषयमा नेपालको प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

महासभाका क्रममा नेपाली प्रतिनिधिमण्डलले अस्ट्रेलिया, बेलायत र चीनका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको महासचिव पाण्डेयले बताए। भुटान र संयुक्त अरब इमिरेट्सलगायतका मुलुकका प्रतिनिधिसँग पनि साइडलाइन बैठक तथा छलफल भएको उनको भनाइ छ।

आईपीयूको अध्यक्ष पदका लागि भएको निर्वाचनमा अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिक्स ५६ प्रतिशत मत प्राप्त गरी ३२औँ अध्यक्षमा निर्वाचित भएको उनले बताए। उनका अनुसार नेपालले डिक्सको उम्मेदवारीलाई समर्थन गरेको थियो। यसबाट नेपाल र अस्ट्रेलियाबीचको संसदीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको पाण्डेयले बताए।

महासभासँगै आयोजना भएको संसद्का महासचिवहरूको संघ (एएसजीपी) का बैठकमा महासचिव पाण्डेयले पनि सहभागिता जनाएका थिए। बैठकमा संसदीय व्यवस्थापन, कार्यसम्पादन तथा विभिन्न मुलुकका संसद्का प्रशासनिक अनुभव आदानप्रदान गरिएको थियो। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी र संघीय संसद् सचिवालयकी सहसचिव रेखा उपाध्याय खनालले पनि बैठकमा सहभागिता जनाएका थिए।

महासभाका अवसरमा प्रतिनिधिमण्डलले केन्याको भ्रमणसमेत गरेको थियो। केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाली टोलीले तल्लो सदनको अवलोकन गर्नुका साथै संसदीय कामकारबाहीबारे जानकारी लिएको थियो। साथै, केन्याको संसदीय बजेट कार्यालयका प्रतिनिधिसँग छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।

सभामुख अर्यालको नेतृत्वमा अर्यालकी धर्मपत्नी अम्बिका केसी, सांसद रविनकुमार महतो, राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी र डा. अञ्जान शाक्य, महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार महासभामा भाग लिन तान्जानियाको अरुषा गएका थिए। प्रतिनिधिमण्डल फ्लाई दुबईको एफजेड ५३९ उडानमार्फत मंगलबार स्वदेश फर्किएको हो।

 

Previous Post

भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित घेवा पूजामा सहभागी भए प्रचण्ड

Next Post

हवाई यात्रा गर्दा पावर बैंक बाेक्न भारतले लगायाे राेक

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In