• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बूढानीलकण्ठमा बरामद साढे २१ किलो सुन विमानस्थलबाटै आएको प्रहरीको आशंका

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
बूढानीलकण्ठमा बरामद साढे २१ किलो सुन विमानस्थलबाटै आएको प्रहरीको आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ असोज, काठमाडौं । बूढानीलकण्ठबाट बरामद भएको २१ किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको हुन सक्ने संकेत अनुसन्धानका क्रममा भेटिएका छन्। सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिक र उनीहरूले प्रयोग गरेको भाडाको कारको गतिविधिले यस्तो आशंकालाई बल पुर्‍याएको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा चिनियाँ नागरिकले भाडामा लिएको कार पटक–पटक विमानस्थल पुगेको पाइएको छ। दैनिक ८ हजार रुपैयाँ भाडा तिर्ने गरी उनीहरूले असोज ११ देखि २५ गतेसम्मका लागि उक्त कार लिएका थिए। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सो अवधिमा कार पाँच पटकसम्म विमानस्थलको पार्किङ क्षेत्रमा पुगेको देखिएको छ।

कारको शंकास्पद गतिविधि र पक्राउ परेका व्यक्तिहरूको आवतजावतका आधारमा बरामद सुन हवाई मार्गबाट काठमाडौं ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ। यद्यपि, यसबारे थप प्रमाण जुटाउने काम भइरहेको अनुसन्धान अधिकृतले बताएका छन्।

उक्त कार अहिले हिरासतमा रहेका चिनियाँ नागरिक हान फिईले भाडामा लिएका थिए। उनी असोज ११ गते काठमाडौं आइपुगेपछि रिकन्डिसन तथा कार भाडामा दिने व्यवसायबाट गाडी लिएको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार सुन ओसारपसार गर्नकै लागि कार भाडामा लिइएको हुन सक्ने देखिएको छ।

असोज २२ गते बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मार्दा उक्त कारबाट सुनका बिस्कुटसमेत बरामद भएका थिए। चालकको सिटनजिक रहेको बक्समा कागजले बेरिएका एक–एक किलोका दुईवटा सुनका बिस्कुट फेला परेका थिए।

सुनसहित पक्राउ परेका तीनै जना चिनियाँ नागरिक हङकङ हुँदै हवाई मार्गबाट काठमाडौं आएको अध्यागमन अभिलेखले देखाएको छ। चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन अहिले प्रहरी हिरासतमा छन्।

अध्यागमनको विवरणअनुसार उनीहरूमध्ये दुई जना असोज ११ गते र एक जना असोज १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। काठमाडौं आएपछि उनीहरू पटक–पटक विमानस्थल पुगेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तीनै जना हवाई मार्गबाट काठमाडौं आएको, उनीहरूको विमानस्थलमा बारम्बार आवतजावत भएको र उनीहरूले भाडामा लिएको कार पाँच पटकसम्म विमानस्थल पुगेको तथ्यले सुन पनि त्यही मार्गबाट भित्रिएको हुन सक्ने प्रहरीको आशंका छ। सुनलाई सजिलै लुकाउन र ओसारपसार गर्न मिल्ने आकारमा ढालेर ल्याइएको हुन सक्ने अनुमानसमेत अनुसन्धानमा गरिएको छ। तर, सुन विमानस्थलबाटै भित्रिएको विषयलाई थप पुष्टि गर्न अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रहरीले उक्त चिनियाँ समूहसँग सम्बन्धित २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको छ। बरामद भएको दिनको बजार मूल्यअनुसार सुनको कुल मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको जनाइएको छ।

बूढानीलकण्ठको माथिल्लो भंगालस्थित एक घरमा छापा मार्दा उक्त परिमाणको सुन फेला परेको थियो। चिनियाँ नागरिकहरूले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी साढे दुई तले घर लिएको खुलेको छ। उनीहरूले चार महिनाको घरभाडासमेत अग्रिम भुक्तानी गरिसकेको अनुसन्धानमा देखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। सुन तस्करी प्रकरणमा विमानस्थलस्थित भन्सार कार्यालयले पनि अनुसन्धान गरिरहेको छ।

Previous Post

उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकताः प्रश्तावित राजदुत थापा

Next Post

काेराेला नाकामै राेकिए सयौं इभी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In