• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन्।

दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाईली स्नेहीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ मत र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्।

सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रारम्भिक मतपरिणामअनुसार प्रकाश रसाईली स्नेही आफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि छन्।

दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार अगाडि

दलित महिलातर्फ पाँच केन्द्रीय सदस्य पदका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा सीता मिजारले सर्वाधिक १ हजार ४९ मत प्राप्त गरेकी छन्।

शान्ति परियार (वि.क.)ले ८ सय ५२ मत प्राप्त गरेकी छन्। रुपा वि.क.ले ७ सय ९८, कमला नेपालीले ७ सय ६२ र छायाँ सुनारले ६ सय ३९ मत पाएका छन्।

त्यस्तै, देविका नेपाली घिमिरेले ५ सय २०, पवित्रा वि.क.ले ४ सय ८९, सुना परियारले ४ सय ७४, चन्द्रकला वि.क.ले ४ सय ४५ र टीका कुमारी बस्यालले ४ सय ७ मत प्राप्त गरेकी छन्।

मनमाया विश्वकर्माले ४ सय १, मैना वि.क.ले ३ सय ८७, ललिता सुनारले ३ सय ६९, दिलमाया पौ.बी.ले ३ सय २३, लिला नेपालीले २ सय ९८ र ललिता सुनार (विद्या)ले २ सय ९७ मत प्राप्त गरेकी छन्।

प्रारम्भिक मतपरिणाममा सीता मिजार सबैभन्दा अगाडि रहँदा शान्ति परियार, रुपा वि.क., कमला नेपाली र छायाँ सुनार पनि पाँच सदस्यका लागि आवश्यक प्रतिस्पर्धामा अगाडि देखिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाममा उम्मेदवारको स्थान परिवर्तन हुन सक्नेछ।

दलित खुलामा डा. डिबी सुनारको अग्रता

दलित खुलातर्फ आठ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा डा. डिबी सुनारले सर्वाधिक १ हजार २ सय ९७ मत प्राप्त गरेका छन्। उनी खुलातर्फका उम्मेदवारमध्ये सबैभन्दा अगाडि छन्।

सागर परियारले ८ सय ३४ मत प्राप्त गरेका छन्। हरिशरण नेपालीले ७ सय ८१, मन्जित ताम्राकारले ६ सय ४८ र शिवबहादुर सुनारले ६ सय ४४ मत पाएका छन्।

त्यस्तै, अम्मरबहादुर बराईलीले ५ सय ८२, राजु परियारले ५ सय ६९, दीपक सोनीले ५ सय ५७, दिनेश सुनारले ५ सय २६, ईश्वरबहादुर परियारले ५ सय २० र मनबहादुर विश्वकर्माले ५ सय १ मत प्राप्त गरेका छन्।

चक्रबहादुर नेपालीले ४ सय ७७, मैकुलाल बाल्मिकिले ४ सय ७६, सूर्यबहादुर वि.क.ले ४ सय ५२, रमेश वि.क.ले ४ सय ३२, श्यामकुमार मौरतीले ४ सय १९ र रमेश ताम्राकारले ४ सय ११ मत पाएका छन्।

त्यसैगरी, धनबहादुर रसाईलीले ३ सय ५६, मुक्तबहादुर महतेले ३ सय ४१, सन्जु सिंह विश्वकर्माले ३ सय ३१, निरबहादुर विश्वकर्मा (विमल धमला)ले ३ सय २६, बाबुराम विश्वकर्माले ३ सय २४, दिलबहादुर विश्वकर्माले ३ सय २०, रामु नेपालीले २ सय ८५, गोवर्द्धन कोलीले २ सय ७९, भिउसिन दमैले २ सय ७५, वीरबहादुर विश्वकर्मा (कमल)ले २ सय ७३, डम्बरबहादुर गोल्डस्मिथले २ सय ६४, रामकुमार नेपालीले २ सय ५८, लोकेन्द्रबहादुर वि.क.ले २ सय ५६, रोहित विश्वकर्माले २ सय ५१ र जबरबहादुर वि.क.ले २ सय ४२ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतपरिणाममा डा. डिबी सुनारले फराकिलो अग्रता बनाएका छन्। आठ पदका लागि हुने प्रतिस्पर्धामा सागर परियार, हरिशरण नेपाली, मन्जित ताम्राकार, शिवबहादुर सुनार, अम्मरबहादुर बराईली, राजु परियार र दीपक सोनीले पनि उल्लेख्य मत प्राप्त गरेका छन्।

दलिततर्फको मतगणना जारी रहेकाले यी परिणाम प्रारम्भिक हुन्। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र निर्वाचित उम्मेदवारको टुंगो लाग्नेछ।

 

Previous Post

वाणिज्य बैंकहरुले पौने १८ अर्ब रुपैयाँ बढी नाफा कमाए

Next Post

जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In