• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’

रिजन खड्का by रिजन खड्का
२९ अशोज, २०८३
A A
काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीलाई एकढिक्का बनाएर नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

पार्टीको १५औँ महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उनीहरूको भनाइ छ। कांग्रेस केन्द्रीय सदस्य खड्गबहादुर शाहीले कांग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। कांग्रेसको नयाँ नेतृत्वले युवा पुस्ताको भावना, राजनीतिक चेतना र पछिल्लो समय युवाहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। पार्टीको विधान, नीति र कार्यदिशामा परिवर्तन गर्दै देश र जनताको आवश्यकताअनुसार शासन सञ्चालन गर्ने सोचका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।

साथै, उनले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। चाडपर्वका बेला हवाई तथा सडक यातायातको भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण समस्यामा परेको उल्लेख गर्दै उनले सरकारले महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिए। सरकारले जनताका समस्यालाई बेवास्ता गरे कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने उनको भनाइ छ।

उनले भने, ‘नेपाली कांग्रेस एउटा नयाँ ढङ्गले, नयाँ विचार, नयाँ सोचका साथ अगाडि बढ्नका लागि हामीले पार्टीको विधानदेखि लिएर सम्पूर्ण सबै नीतिहरू बदलेका छौँ। नयाँ ढङ्गले जानुपर्छ भन्ने किसिमको हामीले अभिलाषा राखेका छौँ। वास्तवमा देश र जनतालाई सुहाउँदो किसिमको व्यवस्था, देश र जनतालाई सुहाउँदो किसिमको एउटा शासन व्यवस्था सञ्चालन गरेर अगाडि बढ्नुपर्छ।

कांग्रेस अहिले सत्तामा छैन। नेपाली कांग्रेस अहिले सत्तामा छैन, प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुराहरू आफ्नै ढङ्गले छँदैछन्। हामीले अहिले मात्रै होइन, हिजोदेखि नेपाली कांग्रेसले नेपाली जनताका प्रति आवाज उठाउँदै आइरहेको छ। नेपाली जनताको पीरमर्कालाई साँच्चिकै मनन गर्ने पार्टी नेपाली कांग्रेस भएका नाताले अहिले पनि महँगी चरमचुलीमा पुगेको छ, नेपाली जनताको चुलोमा आगो बलेको छैन। नेपाली जनताले दुःख पाइरहेका छन्, कष्ट पाइरहेका छन्।

जुन हुटहुटी बोकेर आएको पार्टी अहिले सत्ता सञ्चालन गरिरहेको छ, उसले हिजो सत्तामा जानका निम्ति जुन ढङ्गका नाराहरू दिएको थियो, ती परिणाममुखी भएका छैनन् र उल्टो किसिमले सरकार चलिरहेको छ। नेपाली जनताको चाडपर्वको बेला आएर प्लेन भाडादेखि लिएर गाडी भाडादेखि लिएर हरेक किसिमको महँगी भएको छ। महँगी धेरै भएको छ। त्यसकारण महँगी नियन्त्रण गरेर नेपाली जनतालाई सुख–शान्ति–समृद्धि दिने किसिमको बाटोमा जानुपर्छ। जनताले दुःख पाए, कष्ट पाए, पीर पाए र यो पीरबाट मुक्ति गर्नका निम्ति नयाँ ढङ्गले जानुपर्छ।’

कांग्रेस केन्द्रीय सदस्य मिर्शाद अन्सारीले कांग्रेसले युवाहरूको भावना र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताए। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ। मधेसका मुस्लिम समुदायलगायत विभिन्न समुदायका समस्या पहिचान गरी तिनको समाधानका लागि आफूले पनि पहल गर्ने उनले बताए। कांग्रेसलाई गाउँगाउँसम्म सशक्त संगठनका रूपमा विस्तार गर्दै पार्टीका विचार र कार्यक्रम जनतामाझ पुर्‍याउने उनले बताए।

उनले भने, ‘मधेसमा मुस्लिम समुदायका विभिन्न मुद्दाहरू छन्। ती मुद्दाहरूलाई उठान गरेर कार्यान्वयनतिर लैजाने हाम्रो सोच हुनुपर्छ। युवाहरूको राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ, यसलाई सम्बोधन गर्नुपर्छ। युवाहरूको मनोभावना र उनीहरूको सोच्ने दृष्टिकोणलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ।’

कांग्रेस नेता लेखनाथ पोखरेलले नयाँ नेतृत्वले सरकारका सकारात्मक काममा रचनात्मक सहयोग गर्ने र गलत कार्यको आलोचना गर्ने गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले राजनीतिक तथा निर्वाचनसम्बन्धी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने पनि बताए।

पाल्पा कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जनसरोकारका मुद्दालाई पार्टीको नीति र कार्यक्रमको केन्द्रमा राख्नुपर्ने बताए। जलवायु परिवर्तनलगायतका विषयलाई प्राथमिकतामा राख्दै जनताका दैनिक समस्या सम्बोधन गर्ने कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ छ। आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा कांग्रेसलाई लोकप्रिय र ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नयाँ नेतृत्वले प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिए।

कांग्रेस नेतृ सरस्वती अर्याल तिवारीले आगामी स्थानीय निर्वाचनअघि पार्टीभित्रका असन्तुष्टि र फरक धारमा रहेका नेताहरूलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने बताइन्। देशभर एउटै उद्देश्य र साझा सन्देशका साथ पार्टी परिचालन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

कांग्रेस नेतृ सनम विकले नयाँ र पुरानो पुस्ताबीच सहकार्य गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिइन्। आन्तरिक प्रतिस्पर्धाभन्दा अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न संगठन बलियो बनाउनुपर्ने उनको भनाइ छ।

कांग्रेसका युवा नेता समुन्द्र पोखरेलले वडा तहदेखि नै युवाहरूलाई नेतृत्वमा आउने अवसर दिनु सकारात्मक भएको बताए। उनले युवा रोजगारी र उनीहरूका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ। नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना पार्टी कार्यालयमा भइरहेको छ। अधिकांश पदाधिकारीहरूको मतपरिणाम सार्वजनिक भइसकेको छ भने केही समावेशी समूहका सहमहामन्त्री तथा विभिन्न क्लस्टर र खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा आउन बाँकी छ।

 

Previous Post

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली

Next Post

एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000