कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानीसमेत बढाएको छ।
२०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीविना हटाइएको थियो। सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नैतर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिनेछ।
गत वर्षको जेनजी आन्दोलनमा एमाले, कांग्रेस र नेकपाका पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। तर, रास्वपा र राप्रपाका पार्टी कार्यालय सुरक्षित रहेका थिए।
