• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

धनुषामा पारिवारिक विवादले लियो दम्पतीको ज्यान, चार वर्षीय छोरा घाइते

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
धनुषामा पारिवारिक विवादले लियो दम्पतीको ज्यान, चार वर्षीय छोरा घाइते
0
SHARES
1
VIEWS

सञ्जय मिश्रा

रौतहट, ८ कात्तिक । धनुषामा पारिवारिक विवादका कारण एक दम्पतीको ज्यान गएको छ। घटनामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ भने हत्याका आरोपित श्रीमान् मृत अवस्थामा फेला परेका छन्। साथै, घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिना यादवको शनिबार राति हत्या भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले आफ्नै श्रीमती रिनामाथि धारिलो हतियार प्रहार गरेका थिए। उमेश मृतक रिनाका श्रीमान् हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उमेश शनिबार राति करिब ९ बजे ससुराली पुगेका थिए। त्यसको केही घण्टापछि आइतबार बिहान १:५० बजेतिर रिनाको घाँटीमा धारिलो हतियार प्रहार भएको सूचना प्रहरीले प्राप्त गरेको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट इन्स्पेक्टर राजेश कुमार शर्माको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा रिनाको घाँटीमा गम्भीर चोट लागेको र उनको मृत्यु भइसकेको पाइएको थियो।

चार वर्षीय छोरा घाइते, अवस्था सामान्य

घटनाका बेला आमाबुवासँगै सुतेका चार वर्षीय छोरा सम्राट यादवसमेत घाइते भएका छन्। बालकको दाहिने तिघ्रामा धारिलो हतियारले काटेको चोट लागेको प्रहरीले जनाएको छ।

घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। प्रहरीका अनुसार बालकको अवस्था अहिले सामान्य छ।

खोजीका क्रममा श्रीमान् पनि मृत फेला

श्रीमतीको हत्यापछि फरार भएका उमेशको खोजी गर्ने क्रममा प्रहरीले दुःखद तथ्य पत्ता लगायो। घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम, मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा उमेशको शव फेला परेको हो।

घटनास्थलबाट रगतले लतपतिएको चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। मृतक रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

डेढ वर्षदेखि सम्बन्धमा तनाव

प्रहरीका अनुसार उमेश करिब डेढ वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि दम्पतीबीच पटक–पटक विवाद तथा झैझगडा हुने गरेको थियो। यद्यपि, यस घटनाको तत्कालीन कारण र परिस्थितिबारे हालसम्म यकिन भइसकेको छैन।

श्रीमतीको हत्या र त्यसपछि श्रीमान् मृत फेला परेको यस घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विभिन्न पक्षलाई समेटेर अनुसन्धान गरिरहेको छ।

 

Previous Post

फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

Next Post

दसैँ लगतै सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav