• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप
0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि विषयमा सार्वजनिक रूपमा बोल्दैनन् । तर यसपटक भने उनी मुखर देखिएका छन् । अभिनेता हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय सीमाभन्दा बाहिर गएर नेपाल–भारत सम्बन्धबारे अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै हमालले फेसबुकमार्फत नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र परराष्ट्र नीतिको मर्यादा कायम राख्न आग्रह गरेका छन् ।

हमालले सोमबार आफ्नो फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् । उनले अर्थमन्त्रीको टिप्पणीले नेपालको लामो समयदेखिको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधारलाई प्रभावित पार्न सक्ने बताएका छन् ।

‘अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ । उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ,’ हमालले लेखेका छन्, ‘यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहाससमेत गर्छ ।’

हमालले नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्त्व स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउन आवश्यक भए पनि त्यसका लागि नेपालको राष्ट्रिय हित र स्वाभिमानमा सम्झौता गर्न नहुनेमा जोड दिएका छन् ।

अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट २०२६’ मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका थिए ।

अभिनेता हमालका बुवा कूटनीतिज्ञ थिए । उनका बुवा चूडाबहादुर हमालले परराष्ट्र मन्त्रालयमा कार्यरत रहँदा भारत, तत्कालीन सोभियत संघ र थाइल्यान्डस्थित कूटनीतिक नियोगमा काम गरेका थिए । उनी पाकिस्तानका लागि राजदूतसमेत भएका थिए ।

 

Previous Post

मधेसमा नयाँ सरकार गठनको तयारी तीव्र, एमाले–जसपा–जनमतबीच छलफल

Next Post

सुदूरपश्चिम रोयल्स ८७ रनमा अलआउट

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav