• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नाइजेरियामा इबोलाको जोखिमः संक्रमितसँग सम्पर्कमा आएका ५३ जनाको पहिचान

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
नाइजेरियामा इबोलाको जोखिमः संक्रमितसँग सम्पर्कमा आएका ५३ जनाको पहिचान
0
SHARES
0
VIEWS

नाइजेरियामा एक महिलामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सतर्कता बढाएका छन्। नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (एनसीडीसी) का अनुसार संक्रमित महिलाको सम्पर्कमा आएका ५३ जनाको पहिचान गरी उनीहरूलाई निगरानीमा राखिएको छ।

एनसीडीसीका महानिर्देशक जिदे इद्रिसका अनुसार ४२ वर्षीया ती महिला युगाण्डाबाट इथियोपियाको अदिस अबाबा हुँदै अक्टोबर ३ मा नाइजेरियाको राजधानी अबुजा पुगेकी थिइन्। उनलाई अक्टोबर ७ देखि ज्वरो आउने, पखाला लाग्ने, शरीर दुख्ने र घाँटी दुख्ने लक्षण देखिएका थिए।

ती महिला अक्टोबर १० मा उपचारका लागि निजी अस्पताल पुगेकी थिइन् भने अक्टोबर ११ मा अर्को अस्पतालमा भर्ना भएकी थिइन्। अक्टोबर १९ मा एनसीडीसीलाई घटनाबारे जानकारी प्राप्त भएपछि प्रयोगशाला परीक्षण गरिएको थियो। परीक्षणबाट अक्टोबर २० मा इबोला संक्रमण पुष्टि भएको हो।

हाल संक्रमित महिलालाई अबुजास्थित आइसोलेसन केन्द्रमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार उनको अवस्थामा उल्लेख्य सुधार आएको छ।

संक्रमित महिलाको सम्पर्कमा आएका ५३ जनामा स्वास्थ्यकर्मी, घरमा काम गर्ने व्यक्ति र उनका पतिसमेत रहेका छन्। उनीहरूलाई संक्रमितसँग अन्तिम पटक सम्पर्कमा आएको मितिदेखि २१ दिनसम्म निगरानीमा राखिनेछ।

इद्रिसले हालसम्म अन्य कुनै व्यक्तिमा इबोलासँग मिल्दोजुल्दो लक्षण नदेखिएको बताए। उनका अनुसार सबै सम्पर्क व्यक्तिको वर्गीकरण गरी स्वास्थ्य अवस्थाबारे नियमित निगरानी भइरहेको छ।

यसैबीच, रिभर्स राज्यमा देखिएको इबोलाको शंकास्पद घटनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। लागोस राज्य सरकारले पनि आफ्नो क्षेत्रमा इबोलाको जोखिम नरहेको स्पष्ट पार्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

नाइजेरियाले संक्रमण फैलिन नदिन देशभरका स्वास्थ्य संस्थाको रोकथाम तथा नियन्त्रण क्षमता मूल्याङ्कन गरिरहेको छ। साथै, देश प्रवेश गर्ने मुख्य बिन्दुहरूमा स्वास्थ्य निगरानी थप कडा पारिएको छ।

इबोला संक्रमित व्यक्तिको रगत, शरीरका तरल पदार्थ वा संक्रमित अंगसँग प्रत्यक्ष सम्पर्क हुँदा भाइरस सर्न सक्छ। संक्रमणपछि लक्षण देखिन २ देखि २१ दिनसम्म लाग्न सक्छ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।

 

Previous Post

एआईमा लगानी बढाउँदै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव

Next Post

सुशासन र आत्मअनुशासनले सीपीसीप्रति जनविश्वास बढाएको चिनियाँ विज्ञको भनाइ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav